संगीतकर्मी कल्याणकारी कोषको जेठ महिना सम्मको विवरण सार्बजनिक : ८ लाख ४५ हजार १९ रुपैयाँ ८ पैसा जम्मा
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको जेठ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार जेठ महिना सम्मको विवरण एकदिन ढिलो सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ८ लाख ४५ हजार १९ रुपैयाँ ८पैसा जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । विबरण सार्बजनिक गर्ने दिन अमेरिकामा रहेका संगीतकार दाजुभाई एन के ब्रदर्शले १२ हजार १ सय रुपैया सहयोग गर्नु भएको छ । अमेरिकाको सिन्सीनाटीमा रेकर्डिङ्ग स्टुडियो चलाउदै आएका संगीतकार दाजुभाई नरेश र खडा गौतम सांगितीक क्षेत्रमा एन के ब्रदर्शका नामले चिनिनु हुन्छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । जेठ महिनामा दुईजना सर्जकको निधनका बेला कोषबाट २२ हजार ६सय १० रुपैया खर्च गरिएको थियो । उक्त खर्च कोषको कार्यबिधि अनुसार अमर स्रष्टाको निधनका बेला कार्यबिधीले तोके अनुसारको कार्य सम्पन्न गर्नका लागि खर्च गरिएको हो । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ४७ हजार ५सय ८२ रुपैया सहयोग गरिसकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ भने कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ ।