संगीतकर्मी कल्याणकारी कोषमा भगवानको २५ हजार ५ सय ५१ दान
संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि संगीत ब्यवसायी भगवान कुमार श्रेष्ठले २५ हजार ५ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । रञ्जना म्यूजिकका संचालक, संगीत उद्योग संघका निवर्तमान अध्यक्ष एबं संगीत उत्पादक समाजका सल्लाहकार समेत रहनु भएका श्रेष्ठले उक्त सहयोग रकम कोषमा छिटटै हस्तान्तरण गर्ने बताउनु भएको छ ।
संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न पाएको मा खुसी ब्यक्त गर्दै उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । आफूले यो क्षेत्रमा २ दशक भन्दा अघि देखी लगानी र प्रबद्धन गर्दै आएकोले नेपाली संगीतकर्मीको सधै भलो चाहने बताउदै उद्यमी भगवान कुमार श्रेष्ठले नेपाली संगीत क्षेत्र समृद्ध हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाँले संगीतकार संघ नेपालले गरेको कार्य अनुकरणिय भएको बताउनु भएको छ ।
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । यसैबीच दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ । साधारण सभा लगत्तै अभियानको तयारी गरिने संघले जनाएको छ । त्यसैगरी कल्याणकारी कोष ब्यबस्थापनका लागि बैधानिक र बैज्ञानिक कार्य्िबधिको तर्जुमा पनि गरिएको छ । संघले आफनै वेव साइट पनि निर्माण गरेको छ । छिटटै लञ्च गरिने वेव साइट बिशेष खालको हुने संघले बताएको छ ।