संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका साहित्यकार भटटराई द्धारा ५ हजार ६९ रुपैया सहयोग :मोडल प्रकाश बिसी र सृजनाको तर्फबाट ११ हजार १ सय १ रुपैया घोषणा
म्यूजिक संसार डटकममार्फत पनि डोनेट गर्न सकिने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका साहित्यकार मणी भटटराईले ५ हजार ६९ रुपैया सहयोग सहयोग गर्नु भएको छ । साहित्यकार भटटराईले पठाउनु भएको रकम कार्यक्रमका बीच कोषमा हस्तान्तरण गरिएको छ ।
भटटराईल ले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । यसै गरी बर्दिया घर भै हाल अमेरिकाको टेक्सास निवासी मोडल प्रकाश बिसी र सृजना बिसीले ११ हजार १ सय १ रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । बिसीले आफनो तर्फबाट कोषलाई सहयोग गरेर संगीतक्षेत्रमा जोडिन पाएकोमा प्रसन्नता ब्यक्त गर्नु भएको छ । बिसी द्धारा अभिनित भिडीयो दर्शक माझ आइसकेको छ ।
संंगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । यसैबीच दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने कल्याणकारी कोषका संयोजक शुनिल मास्केले जानकारी दिनु भएको छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने गरिएको छ । चैतमहिना सम्मको बिवरण अनुसार कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।