संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका गीतकार काफ्ले द्धारा १५ हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गीतकार शरद चन्द्र काफ्ले ले १५ हजार सहयोग गर्नु भएको छ ।
भोजपुर ५ घलेगाउँ घर भै हाल अमेरिका निवासी गीतकार काफ्ले ले पठाउनु भएको रकम संगीतकार संघका उपाध्यक्ष शान्तीराम राई मार्फत कोषमा हस्तान्तरण गरिएको हो ।
काफ्ले ले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ४ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख १४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ ।यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने कल्याणकारी कोषका संयोजक शुनिल मास्केले जानकारी दिनु भएको छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने गरिएको छ । चैतमहिना सम्मको बिवरण अनुसार कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।