नेपाली समाज टेक्सस लगायतका संस्था द्धारा राजमणि चौधरीका परिवारलाई झण्डै ११ हजार डलर आर्थिक सहयोग

मष्तिष्कघातका कारण एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित करिव ११ हजार डलर राजमणिकी पत्नीलाई हस्तान्तरण गरिएको हो । 17392107_10155240132248969_2001637806_n
नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकम मध्य दाहसंस्कारमा भएको खर्च, गो–फण्डको कमिसन कटाएर बचेको सातहजार ५ सय ८५ डलर नेपाली समाज टक्ससका पूर्व सभापति गौरी जोशीले परिवारलाई हस्तान्तर गर्नु भएको थियोे । 17410258_10155240132258969_2049202957_n
नेपाली मन्दिरमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति वेस्ट टेक्ससको पहलमा संकलन भएको एकहजार तीनसय ५५ डलर र समितिका सभापति हरिबोल भण्डारी चौधरीका परिवारलाई हस्तान्तरण गर्नु भयो भने मधेसी एशोसियशन ईन अमेरिकाको तर्फबाट सुनील शाहले एकहजार आठसय ३५ डलर को चेक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवाहरुले चौधरीका छोराहरुको शिक्षा तथा पत्नीको रोजगारीका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन ।17440366_10155240132388969_356133662_n

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृृष्ण लामिछाने,समाजसेबी डा. मुरली अधिकारी, नेपाली मन्दिरका अध्यक्ष रमेश पोख्रेल लगायतले चौधरीको समाजिक योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907