चर्चित गायक रामजी खाँण द्धारा संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग
चर्चित गायक रामजी खाँणले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार रुपैया सहयोग गर्नु भएको छ । नेपाली लोक दोहोरीमा फरक फरक शैलीमा मिठा गीत गाउने खाँणले झण्डै ५ हजार गीतमा स्वर दिइसक्नु भएका गायक खाँणले संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको उहाँले बताउनु भएको छ ।
गायक रामजी खाँणले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गर्नु भएको हो ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।