९ वर्षिया याङसु भन्छिन -मै नाचेको देखेर डाहा गरे गरुन अरुले (फोटो फिचर)
यसैपनि म हाँसेको सुहाउछ भन्छन मलाई देख्ने हरुले
त्यसैपनि म नाँचेको सुहाउछ भन्छन छ मेरो कम्मर बारुले
चौवन्दी चोली अनि बार हाते पटुकिले कम्मर बेरेर
ढल्की ढल्की छमछम छमछम मै नाँचेको देखेर डाहा गरे गरुन अरुले ।
मंगलवार पुतली सडक स्थित मञ्जुश्री स्टुडियोमा ९ वर्षिया याङसु श्रेष्ठले यो गीत रेकर्ड गर्दा बाहिर बसेर गायन निर्देशन गरिरहेका प्रसिद्ध संगीतकार महेश खडकाले थम्स दिदै भन्थे तिम्रो उमेर भरि नै यहि गीतले मान्छे नचाउन सक्ने छौ । उमेर बढदै जाँदा स्वर फेरीदै जान्छ फेरीएको स्वरमा फेरी रि रेकर्ड गर्नु ।
गीतकार लोकराज अधिकारीको शब्द संगीतकार महेश खडकाको संगीत सुदीप सागरको संगीत संयोजनमा दाङ की ९ वर्षिया याङसु श्रेष्ठले आफनो पहिलो गीत रेकर्ड गरेकी हुन । याङसु नृत्यकलामा पोख्त छिन । केहि नेपाली सिनेमामा समेत अभिनय गरेकी याङसु देश बिदेश सम्मका मञ्चमा पुगि सकेकि छन । यो गीतको छिटटै म्यूजिक भिडियो गरेर सार्बजनिक गरिने बाल गायीका याङसु की आमा चलचित्रकर्मी कल्पना श्रेष्ठले जानकारी दिएकी छन ।