स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा बिन्ध्यबासीनि म्यूजिकका सञ्चालक रेग्मीलाई ४ वटा संस्थाले ले सोधे ७ दिने स्पष्टिकरण : सर्जक बिरोधी कम्पनिलाई प्रायोजन सहयोग नगर्न पत्राचार (पत्र सहित)
बिन्ध्यबासीनि म्यूजिक प्रालीका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा ४ वटा संस्थाले लिखित स्पष्टिकरण मागेका छन । प्रस्तोता समाज नेपाल , संगीत रोयल्टी संकलन समाज नेपाल,संगीतकार संघ नेपाल, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त कम्पनिले टेलीकम बाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखी कम्पनिको नाम राखेर आर्थिक तथा नैतिक अधिकार हनन गरेको , र कम्पनि संचालक रेग्मीले रोयल्टी संकलन ब्यबस्थापन , बितरण र प्रतिलिपि अधिकारका सम्बन्धमा भ्रामक दुश्प्रचार गरेकोले स्पष्टिकरण मागेको बताएका छन । रेग्मीले नैतिक अधिकार हनन गरी गम्भिर अपराध गरेको भन्दै ,सर्जकलाई अपमान गर्ने स्रष्टा एबं कलाकारका सम्मानित संस्थाहरुको गरिमामा आघात पुराउने काम गरेको ठहर सहित ७ दिन भित्र स्पटिकरण दिन भनिएको छ । कम्पनि र रेग्मी माथीका यी आरोप पुष्टि हुने सबै प्रमाण सुरक्षीत रहेको समाजले जनाएको छ । साथै उचित स्पष्टिकरण नआउदा सम्म उक्त कम्पनिलाई बिभिन्न कार्यक्रममा प्रायोजन सहयोग गर्दै आएका ४ वटा ठूला ब्यापारीक संस्थालाई पत्राचार पनि गरिएको छ । प्रतिलिपि अधिकार ऐन अन्र्तगत रोयल्टी ब्यबस्थापनका लागि गठित दुइवटा र गीत संगीतसंग सम्बन्धित दुईवटा गरी ४ वटा मुख्य संस्थाहरुका अध्यक्षको हस्ताक्षर सहितको स्पष्टिकरणको बोधार्थ नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरीको साइवर क्राइम शाखामा पठाइएको छ ।