संगीतकर्मी कल्याणकारी कोषमा ९ बर्षिया याङसुद्धारा ५ हजार सहयोग:खुत्रुके फोडेर आमालाई तिर्ने
संगीतकर्मी कल्याणकारी कोषमा ९ बर्षिया बालिका याङसु श्रेष्ठले ५ हजार सहयोग गरेकि छन । दाङ निवासी याङसुले आफै बैंकमा पुगेर संगीतकर्मी कल्याणकारी कोषका लागि रकम काठमाण्डौ पठाइ दिएकी हुन । राम्रो नृत्य गर्ने तथा अभिनय गर्ने क्षमता भएकी याङसुले नेपाल र भारतका बिभिन्न स्थानमा पुगेर आफनो कला प्रस्तुत गरि सकेकि छन । उनले नाई नभन्नु ल लगायत केहि चलचित्रमा समेत अभिनय गरेकि छन । छिटटै गीत रेकर्डिङको तयारी गरेकी याङसुले कल्याणकारी कोष अंकलहरुका लागि मात्र नभएर आफनै लागि पनि भएको ठानेर सहयोग गर्न मन लागेको र आमा कल्पना श्रेष्ठ संग सापटी पैसा मागेर पठाएको बताइन । उनले केहि समय पछि आफनो खुत्रुके फोडेर आमालाई तिर्ने बताएकी छन ।
यसैबीच याङसुले पठाएको रकम राजधानीमा एक कार्यक्रमका बीच कोषलाई हस्तान्तरण गरिएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले उक्त रकम संघका अध्यष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम बुझदै अध्यक्ष शेषले ९ बर्षिया छोरीले कोषमा पठाएको ५ हजार सहयोग ५ अरव बराबरको भएको प्रतिकृया दिदै उज्वल भविस्यको कामना गर्नु भयो ।
संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।