संगीतकर्मी कल्याणकारी कोषमा भारतको महाराष्ट्र निवासी सिम्मी राना द्धारा ५ हजार ५ रुपैया सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा कलापारखी तथा समाजसेवी सिम्मी राना (हेमा)ले ५ हजार ५ रुपैया सहयोग गर्नु भएको छ । पाल्पा घर भै हाल  भारतको महाराष्ट्र बस्दै आएकी रानाले  पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र  सदस्य सुरेश अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।15995707_1293526097391347_879416887_n रानाले कल्याणकारी कोषमा आफू जोडिन पाएको मा खुसी ब्यक्त गर्नु भएको छ ।  संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हेटौडा घर भै हाल अमेरिका निवासी नारायण गौतमले कोषलाई २० हजार रुपैया पठाउनु भएको छ ।  उक्त रकम केहि दिन पछि एक कार्यक्रमका बीच कोषमा हस्तान्तरण गरिने कोषाध्यक्ष हरि लम्सालले जानकारी दिनु भएको छ । हस्तान्तरण हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । 15970112_10212038874277175_1822214931_nपहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । भने यो महिना ५ लाख थपहुन सक्ने अनुमान गरिएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907