लायन्स क्लब अफ चितवनद्धारा न्यानो कपडा वितरण

पूर्ण शर्मा, गैडाकोट

जाडोको समयमा न्यानो स्वीटर र जुत्ता मोजा पाएर जब स्कुले बिद्यार्थीहरु मुस्कुराए अनि लायन्सकर्मीहरु खुसीले गदगद हुदै सहयोग ठिक ठाँउमा गरिएछ भन्दै गफिए । पौष ११ गते सोमबार लायन्स क्लब अफ चितवन चौतारी भरतपुर १५, मंगलपुर चितवनमा रहेको श्री निम्न माध्यामिक बिद्यालय मंगलपुरमा अध्ययनरत बिद्यार्थीहरुलाई ५० थान स्वेटर र ३० थान जुत्ता मोजा बितरण गरेपछिको खुसीयालीको दृश्य यो हो ।15782147_10154960915888969_88296371_n

कमजोर आर्थिक अवस्था र शिक्षा प्रतिको चेतना कम भएका अभिभावकका बिद्यार्थी अध्ययन गर्ने सरकारी बिद्यालयमा लायन्सकर्मीहरुको यो सहयोगबाट बिद्यार्थीमात्र होईन शिक्षक समेत गदगद थिए । बिद्यालयकी प्रअ हरिमाया प्रधानले बिभिन्न दाताहरुबाट सहयोग लिएर आज सम्म बिद्यालय चलाएको बताउनुभयो ।

लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका पूर्व गर्भनर एवं कार्यक्रमका प्रमुख अतिथि ला. राजकुमार श्रेष्ठले क्लबको यो कार्यको सराहना गर्दै  यस्तै सामाजिक तथा मानबिय कार्यमा लाग्न उपस्थित लायन्सकर्मीलाई आग्रह समेत गर्नुभयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अन्जन कूमार तिमिल्सेनाले सहयोगका लागि धन्यवाद ब्यक्त गर्दै ठुलो सामाजिक संस्था लायन्स क्लबललाई बिद्यालयमा अन्य सहयोगका लागि समेत आग्रह गर्नुभयो । क्लबका अध्यक्ष किशोर पौडेलको सभापतित्व सम्पन्न भएका कार्यक्रममा लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु क्षेत्र नं ३ का संयोजक लायन भक्ती प्रसाद चालिसे, लान्यस क्लब अफ मंगलपुरका अध्यक्ष लायन भरत अधिकारी , लान्यस क्लब गोल्डेनका अध्यक्ष राजु पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907