चर्चित गायीका सुनिता दुलाल द्धारा कल्याणकारी कोषमा १० हजार हस्तान्तरण :अमेरिकामा रहेका गीतकार टेकु क्षेत्री द्धारा ५० डलर सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । रकम हस्तान्तरण पछि गायीका दुलालले आफ्नो वेभ साइट मार्फत संगीतकर्मीहरुलाई अफ्ठ्यारो पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा आफूले सकेको सहयोग गरेको उल्लेख गर्दै गायनको सफलता पछाडी संगीतकारको ठूलो हात रहेकोले गायक गायिकाहरुले सकेको सहयोग गर्नु पर्नेे विचार राख्नु भएको छ । साथै आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 1481550101158-43
नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि रकम थपेर कोष बृद्धि गर्न उहाले सबैलाई आग्रह गर्नु भएको छ ।
संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । मंगलबार अमेरिकामा रहेका गीतकार टेकु क्षेत्रीले कोषमा ५० डलर सहयोग गर्नु भएको छ ।12871443_610643929085455_7674136111818887822_n अमेरिकाको आइओवा राज्यको डिमोइन्स शहरमा बस्दै आएका गीतकार क्षेत्रीले नेपाली गीत संगीत र कला साहित्यको क्षेत्रमा सधै लागी पर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिने छ । कोषमा सहयोग गर्ने प्रतिबद्धता संगै हस्तान्तरणको क्रम पनि दैनिक हुदै आएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । संघले लामो समय देखी बिरामी पर्नु भएका प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछाने , मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेल र क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना लाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ । कोष बृद्धिका लागि सबैले आफनो ठाउबाट पहल गर्न पनि अध्यक्ष शेषले सबैलाई आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907