कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइरालाको जोडीले ६ हजार ६ सय ६६ दिने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइराला र दिपा बाराकोटी कोइराला को जोडीले ६ हजार ६ सय ६६ दिने घोषणा गर्नु भएको छ ।
कोइराला कुशल सञ्चारकर्मी मात्र हैन अब्बल गायक तथा संगीतकार हुनुहुन्छ । तिहारमा संघको देउसी भैलो कार्यक्रममा समेत एभिन्यूज र नेफेजको समयलाई मिलाएर साथ दिएका कोइरालाले नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट ६६६६ दिने घोषणा गर्दै गच्छे अनुसार रमक थपेर कोष बृद्धि गर्न उहाले सबैलाई आग्रह गर्नु भएको छ । कोइरालाले गाएको र संगीत गरेको पुष्पा खनालको शब्द मा रहेको को पछिल्लो गीत यो आँखाको पानी लाई कुन छाताले छेकु म सर्बाधिक रुचाइएको गीत बनेको छ ।
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार यस अघि हिजो चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ ।
त्यसैगरी श्रुती संगीत विद्यालका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमी र विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले संगीतकर्मी कल्याणकारी कोषलाइ ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । अहिले सम्म कोषमा लोकप्रीय गायक हेमन्त शर्माले १० हजार ,म्यूजिक संसार नेपालले १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले १० हजार र गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ । कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ । कोष बृद्धिका लागि सबैले आफनो ठाउबाट पहल गर्न पनि अध्यक्ष शेषले सबैलाई आग्रह गर्नु भएको छ ।