संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालको १० हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ ।
नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि गच्छे अनुसार रमक थपेर कोष बृद्धि गर्न उहाले सबैलाई आग्रह गर्नु भएको छ ।
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार यस अघि हिजो श्रुती संगीत विद्यालका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमी र विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले संगीतकर्मी कल्याणकारी कोषलाइ ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । अहिले सम्म कोषमा लोकप्रीय गायक हेमन्त शर्माले १० हजार ,म्यूजिक संसार नेपालले १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले १० हजार र गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ । कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ । कोष बृद्धिका लागि सबैले आफनो ठाउबाट पहल गर्न पनि अध्यक्ष शेषले सबैलाई आग्रह गर्नु भएको छ ।