मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा
अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर परेर मानसिक एवं मनोसामाजिक सु स्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ । नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानको थालनी गरिएको थियो । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर स्वस्थ्य मन्त्री मा.गगन कुमार थापाले गत असोज २० गते अभियानको सुभारम्भ गरेका थिए । अभियानले नेपालका विभिन्न जिल्लाहरुमा विविध किसिमका चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । अभियान नेपालका ७५ ओटै जिल्लामा संचालन हुने बताउनछन् अभियानका राष्ट्रिय संयोजक मनोविद् गोपाल ढकाल अभियानले यस भन्दा अगाडी पनि काठमाडौंका विभिन्न ठाउँहरुमा धेरै पटक यस किसिमको मानसिक स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम, मनोपरामर्श सेवा तथा निशुल्क स्वास्थ्य सिविरको संचालन गरिसकेको छ ।