जन्मदिनको अबसर पारी संगीतकार बिपिन आचार्यले १० हजार दिए कल्याणकारी कोषलाई
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले १० हजार रुपैया रुपैया दिने हुनुभएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी आज सहयोग रकमको घोषणा गर्नु भएको हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार सहयोग रकम आइतबार हस्तान्तरण गरिने छ । संगीतकार आचार्य बुवा तिर्थराज आचार्य र आमा रन्जना आचार्यको कोखबाट २०३९ साल मंसिर १८ गते दाङ्गको ललौरामा जन्मनु भएको हो । यो जोडी नेपाली संगीत क्षेत्रमा निरन्तर कृयाशिल छ । आचार्य संगीत संयोजक संगै स्टुडियो संचालक पनि हुनुहुन्छ ।
यो जोडीले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा प्रशन्नता ब्यक्त गरेको छ ।
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । यस अघि म्यूजिक संसार नेपालले कोषमा १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ ।
कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ ।