नेपाल वायु सेवा निगमको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा अवैधानिक :आइकाओले एनएलाई नचिन्ने NA हैन RA
नेपालमा गणतन्त्रको स्थापना भए पछि पूर्व राजा र राजपरिवारका नाममा रहेका बिभिन्न स्थान, शिक्षण संस्था , र अन्य संघ संस्थाको समेत नाम परिबर्तन गर्ने औपचारीक निर्णय सरकारले गर्यो । तर केहि संघ संस्थाको नाम परिबर्तन बिना अध्ययन र लहडका भरमा गरेको पाइएको छ । जस्को उदाहरण बायु सेवा निगम लाई लिन सकिन्छ । गणतन्त्र स्थापना पछि शाहि नेपाल बायु सेवा निगमको नाम परिबर्तन गरी नेपाल बायुसेवा निगम बनाइएको छ । त्यसैगरी नेपाली जहाज हरुमा पहिले राखिएको कलसाइन आर ए लाई परिबर्तन गरि एन ए बनाइएको छ । तर नेपालको जहाजको कल साइन अन्तराष्ट्रिय रुपमा आइकाओमा समेत आर ए भनेर दर्ता भएको छ । त्यसैकारण एन ए अन्तराष्ट्रिय रुपमा बैधानिक छैन । नेपालले कलसाइन परिर्बतन गर्न त सक्छ तर आर ए लाई एन ए बनाउने सम्भावना शुन्य देखिएको छ । बर्तमान सरकारका संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रि जिवन बहादुर शाहिले नेपालले कुनै पनि हालतमा कलसाइन परिबर्तन गर्न नसक्ने बताउनु भएको छ । किनकी आइकाओमा नाइजेरियन एरलाइन्स एन ए का नाममा दर्ता भैसकेको छ ।