टेक्सासमा अर्को नेपालीको मृत्यु, सहयोगको लागि अपिल
अमेरिका टेक्सासको नेपाली समाजले फेरी एकपटक ठुलो क्षति व्यहोर्नु परेको छ । केहि दिन अघि मात्र जर्जियामा ४ जना नेपाली गुमाएको नेपाली समाजले अर्की एक होनहार बिद्यार्थीलाइ गुमाएको छ ।ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्शिंग बिषय पढ्दै गरेकी २० बर्षीय छात्र निशा कार्कीको आज देहाबशान भएको छ । उनका सहपाठी, मित्रहरु र आफन्तका अनुसार उनि एकदम मेधावी, मिलनसार र असल व्यक्ति थिइन । उनको आज बिहानओक्लाहोमामा उनको अचानक हृदयगति बन्द भएर मृत्यु भएको थियो । हो । उनि ९ महिना अघि अमेरिका आएकी थिइन । निशाको पढाई ओक्लाहोमामा भए पनि बसाई भने अर्भिंग टेक्सास मा थियो।
निशा काठमाडौँ निबासी हुन् । उनका पिता पर्यटकहरुको लागि गाइडको काम गर्थे । तर उनि निशा जम्मा २ महिनाको हुँदा यात्राबाट फर्किंदा मृत्यु भएको थियो । उनकी आमाले धेरै दुख गरेर छोरी हुर्काइन, बढाइन र पढाइन । अमरिकाको भिसा लगाउँदा आमाले आफ्नो सर्बस्व समर्पण गरिन । छोरी अमेरिका गएर पढेर राम्रो भविस्य बनाउने छ भनेर ढुक्क परिन । तर विधिको बिधान, दैवको योजना अर्कै रहेछ । उनि आफ्नो आमाको काखबाट टाढा अमेरिकी धर्तीमा प्राण त्यागिन । निशाकी आमा कल्पना कार्की ठमेलको एउटा होटेलमा काम गर्छिन । आफ्नो एकमात्र छोरीको भबिस्यको लागि संघर्षरत कल्पनाको अब निशाको फोटो बाहेक केहि बाँकी रहेन ।
यतिबेला उनको इच्छा छोरीको अन्त्यस्टि परम्परा अनुसार होस् भन्ने छ । उनको त्यहि चाहना पुरा गर्न नेपाली समाज टेक्सास लगायत टेक्सासको नेपाली समाजले गो फन्ड मी एकाउन्ट स्थापना गरेको छ । त्यसमा गएर आफ्नो इच्छा र गच्छे अनुसार डोनेसन गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरिएको छ ।
https://www.gofundme.com/help-late-nisha-karkis-mother