सिंचाइ मन्त्रीलाई खुल्ला पत्र -बबैको पानी मेरो खेतसम्म कहिले आउँछ मन्त्री ज्यु ?
प्रेम राज लामिछाने
माननिय मन्त्रीज्यु दसैं,तिहार छ्ठले हामी सङ विदाई मागेर गैरहंदा विस्तारै मङ्सिरले पाईला चाल्दैछ । हर किसानको खेतको धान झड्किएर , बोरामा भरिएर घरभित्र पसिसकेकोछ । अब मौसम नै तरकारी खेतिको , हामी किसानको आयस्रोत भनेकै यहिं खेत बारी न हो । यहिमा उब्जाउछौ , यहिंमा फलाउछौं अनी यहीं बाट टिपेर हजुरको भान्छा सम्म पुर्याउछौं ।देशका मौलाउदै गरेका सम्स्या वेरोजगार ,भ्रस्टाचार , अनिमियतता तर्फ तपाईंको ध्यान केन्द्रित गराउन चाहिन म यतिबेला । म मेरो क्षेत्रलाई कृषिनगरी गराउने सोचमा छु ,तपाईंको योजना के छ यस्मा ? आफ्नै ठाउंमा हराभरा कृषि क्रान्ति गर्ने भेउ नपाएर ,आज कयौ युवाहरु आफ्नो माटो छोडेर खाडीको तातो घाममा पसिना चुहाउन तत्पर छ्न । त्रिभुवन विश्वविद्यालयबाट सन्चालित दुईवटा निजी कृषि क्याम्पस हाम्रै जिल्लामा रहेको कुरा यहाँलाई पनि अवगतै होला । तनमन धन लगाएर किसानका छोराहरुले कृषिविज्ञान पढिरहेकाछन आफ्नै माटोमा ताकी भोलिका दिनमा उनिहरुको वैज्ञानीक कृषि प्रणालिले हर किसानको मुहार फेर्ने तवरले । अब विस्तारै उनिहरुको विएसी एजी पढाई पनि सकिदैंछ , उनिहरुको पढाई सकिनु अगावै मेरो अनुरोध बबैको पानी मेरो खेत सम्म आईपुगोस ताकी उनिहरुले विकल्प नदेखेर जियारी गर्दै विदेशतिर नहानिउन । म मेरो गाउं भन्नु नमुना मात्रा हो यहाँ सयौं गाउं छन जस्ले आफ्नो उर्वर भुमिमा वैज्ञानीक कृषि थालनिका लागि सिचाइंको प्रतिक्षा गरिरहेका छन ।
महेन्द्र बहुमुखी क्याम्पस दाङ