वीरबलको बासिसक्यो भाले

गायनकै क्रममा डेढ दशक पार गरिसकेका गायक हुन् वीरबल ढकाल । उनले गीत गाउँछन् तर आफ्नै गाउँको सेरोफेरोलाई बढी समेट्ने गर्छन् । जन्मिएको गाउँघर, हुर्किएको माटोसँग जति आत्मीयता हुन्छ त्यो स्वर्गीय आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ । गोरखाको उत्तरी भेग मान्वुमा जन्मिएका गायक बीरबल ढकाललाई गाउँको रोधीले पनि गायक बनाएको हो । गाउँदेखि रोधी बस्दै आएका गायक बीरबललाई धेरै गीतहरुले चिनाएको छ । मनभरि गाउँको संस्कृति झल्किए पनि राजधानीको बसाइमा भएको उतारचढावले उनलाई व्यवसायिक गायक भने बनाउन सकेन । अरुको गीत गाउनुभन्दा पनि आफ्नैपनको गीत मात्रै उनले गाउँदै आएका छन् । जसले गर्दा उनको परिचय नै गाउँको माटोसँग नजिक छ ।
जन्भमूमि, मायालाई सम्झेर, सात समुन्द्र पारी, तिम्रै घरको बाटो लगायत दर्जनौं गीतमा स्वर दिइसकेका गायक बीरबल ढकालको लय र स्वरमा रहेको गीत बासिसक्यो भाले यतिखेर चर्चाको शिखरमा छ । रमेश बिजीको शब्दमा तयार भएको यो गीतमा देवी घर्तीले स्वरमा साथ दिएकी छन् । यस गीतको थेगो भने केशर बहादुर अधिकारीको रहेको छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा चर्चाको शिखरमा रहेको यो गीतले गाउँको परिवेश झल्काएको छ । मायाप्रेममा परेका जोडीका लागि यो गीतले कौतुहलता पस्केको छ । भाले बासेपछि उज्यालोको संकेत देखिन्छ तर रातभरि मायाकै झल्कोमा हराएको एउटा प्रेमीलाई अझै त्यो रातको महत्व यो गीतले गराएको छ । मायाको सम्झनामा पागल हुनेहरुले यो गीतलाई एकचोटी सुन्दा पुनः सम्झनाले तर्साउने देखिन्छ । बासिसक्यो भालेको म्यूजिक भिडियो पनि तयार भएको छ । हरि र अनिताको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई भने दुर्गा पौडेलले निर्देशन र छायाँकन गरेका छन् । प्रविन रेश्मीमगरले सम्पादन गरेको यो म्यूजिक भिडियोलाई रसुवाको रमणीय दृश्यभित्र कैद गरिएको छ । यस गीतलाई शितल म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907