एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले १सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । ति मध्य २० जनालाई अस्पतालमा पुराएर थप उपचारको ब्यबस्था मिलाइएको आयोजक मध्य एक मार्क नेपालका मनोबिद गोपाल ढकालले जानकारी दिएका छन । यी संस्थाले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन ।