कार्कीको सेवा सुविधा रोक्न माग गर्दै निवेदन
सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
नेपालको संविधानका धारा १०१ को उपधारा ३ मा काम गर्न रोक लगाउने व्यवस्था छ तर सुविधामा रोक लगाउन भन्ने व्यवस्था गरेको छैन ।