महिलासम्बन्धी समाचार निर्देशिका कार्यदल
प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।
काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा गठित कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहनुभएको छ ।