अमेरिकामा गायन प्रतियोगीता बर्षा बेष्ट पर्फमर सिजन २ सुरु (भिडियो सहित)
अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजन सुरु भएको छ । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन राउण्ड चलीरहेको छ । यसबर्ष नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि प्रतियोगीको गायन कला मूल्यांकन गर्नु भएको छ । तीन निर्णायक मध्य संगीतकार अधिकारीले नेपाल बाट डम्बर खापुंग सुब्बा र महेश थुलुङले अमेरिका बाट प्रतियोगीहरुलाई सुझाव र सल्लाह दिइरहनु भएको छ । अडिसन राउण्डको दोश्रो भाग आयोजकले युट्युव मार्फत सार्बजनिक गरेको छ । यस अघि अघिल्लो सिजनका टप ४ प्रतियोगीको स्वरमा बर्षा बेष्ट पर्फमर २०१५ नामक गीति संग्रह बजारमा आइसकेको छ । अघिल्लो सिजनका बिजेताहरु रमेश कंडेल सहारा राई, जितेन्द्र गिरी र गोपाल मगर अमेरिकामा हुने बिभिन्न कार्यक्रमहरुमा आमन्त्रित हुन थालेका छन । अघिल्लो सिजनबाट सिकेका कुरा संगै थप नयाँ उत्साहका साथ दोश्रो सिजन अगाडी बढेको आयोजक समूहका कार्यक्रम निर्देशक तथा कार्यक्रमका प्रस्तोता भोला ढुंगानाले जानकारी दिएका छन । टाइटल स्पोन्सर बर्षा ज्वैलरीका प्रोपराइटर भानु फूयालले नेपाली गीत संगीतको उत्थानमा केहि गर्ने मौका मिलेको भन्दै प्रतियोगीता असाध्यै प्रभावकारी भएको प्रतिकृया दिएका छन ।”कलाकार हाम्रो होईन राम्रो हुनुपर्छ” यही मुल नाराका साथ सुरू गरिएको प्रतियोगीतामा करिब २०० को हाराहारिबाट छनोट हुँदै हाल लाइभ अडिसन सम्म आई पुगेको र यसरीनै क्रमश छनोट हुँदै टप २ छानिने आयोजक सक्षम ग्रुपले जानकारी ले दिएको छ।