भारतको वाराणसीमामा भागदौड १८ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ ।
वाराणसीमामा एक धार्मिक कार्यक्रममा जम्मा भएकाहरु भागदौड गर्दा यस्तो घटना भएको हो । घटनामा परी अरु कैयौं घाईते भएको अधिकारीहरुले जनाएका छन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत शोक ब्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले मृतकका परिवार लाई २ लाख र घाइतेलाई ५० हजार राहत दिने घोषणा पनि गरेका छन ।