भद्रगोलकी कलाकार रक्षा संग छक्का पन्जा गर्दै संगीतकार दीपकले भने हे बरै (भिडियो)

संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले ‘हे बरै’ बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् ।  भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन् । वैँशालु उमेरमा एउटा युवकले होरे होरेमा युवतीलाई मन पराउने र उसकै एकतर्फी मायामा डुब्ने र पछि वास्तविक जीवनमा आँफुले रोजेकी प्रेमीका पाएको रोचक कथालाई भिडियोले उतारेको छ । भिडियोमा अनिल मानन्धरको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । छक्का पञ्जा, हवल्दार सुन्तली, किस्मत २ लगायतका चलचित्रमा संगीत भरेर चर्चामा आएका संगीतकार दीपकले यो गीतले आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907