कांग्रेस नेतृत्वको मौनता: जनसम्पर्क समितिहरुमा भाँडभैलो

योगेन्द्र गौतम —नेपाली कांग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । संस्थापक अध्यक्ष अछाम जिल्लाका के एस रावल नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरुमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , भोपल , र चेन्नै मा क्षेत्रीय समिति को गठन हुदै कार्यालय हरु स्थापित भए । भारतमा रहने नेपालीहरुको नेपाली जन सम्पर्क समितिमा आकर्षण बढ्दै गयो बीपीका बिचारहरुलाई जान्ने एउटा साझा ठाउको रुपमा नेपाली जनसम्पर्क भारतलाई सम्पूर्ण नेपालीहरुलाई संगठित हुने सुवर्ण मौका प्रदान गर्यो।

नेपालमा राजनीतिक पार्टीहरु खोल्न र प्रजातन्त्रको आवाज सम्म उठाउन बन्देज गरेको एक दलिय निरंकुस पंचायत व्यवस्थाको बिरुद्ध मोर्चा बन्दि गर्न नेपालमा अनुकुल नहुदा नेपाली जनसम्पर्क समिति भारत न्याय पूर्ण नेपाली जनताका आवाजलाई लिएर भारत र नेपालमा गुञ्जिन सफल रह्यो। बीपिले मेलमिलापको नीति २०३३ मा भारतबाट नेपाल प्रवेश गर्दा नेपाली जनसम्पर्क समिति भारतले गरेको योगदान नेपाली कांग्रेसको ईतिहसिक दस्ताबेजमा अझै धेरै स्मरणीय रहदै नेपालको हरेक गाउ टोल, र सहरमा गरेका कामहरुले नेपाली जनताको मनोबल उच्च राख्न ठुलो भूमिका प्रदान गरेको कुरा सबैलाई सर्वविदितैछ।

yog

नेपालीहरु भारत भन्दा बाहिर  संसारको हरेक कुना काप्चामा  बैदेशिक रोजगारी तथा विभिन्न पेशामा कार्यरत रहेर नेपालीको कांग्रेसको सिद्धान्त र बीपीका बिचार तथा आदर्श  एवं समजवादी दर्शनको चिन्तनलाई जीवित राख्दै नेपाली कांग्रेसको झन्डा मुनि  गोलबद्ध भई नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिमा आबद्ध रहेर सकृय रुपमा पार्टीका दैनिक गतिविधी र कृयाकलापहरु संचालन गर्दै आईरहेकछन। नेपालमा मानवीय घटना,प्राकृतिक बिपत्ति र राजनीतिक परिघटना क्रमलाई दृश्य अबलोकन गर्दै नैतिक तथा आर्थिक सहयोग पुराउदै आइरहेकाछन। नेपाली जनसम्पर्क समिति बिश्वको महाशक्ति देश अमेरिका देखि युरोप, अष्ट्रेलिया जापान र खाडी मुलुकहरूमा पनि स्थापित भैसकेका छन।

नेपाली जनसम्पर्क समितिहरु बिदेशमा हरेक नेपालीहरुको सामाजिक,कानुनी र व्यक्ति व्यक्तिका समाधान गर्न सक्ने सबै समस्याहरुको समाधानको उपाय खोज्दै नेपाली समुदायलाई अझै बलियो बनाऊने काममा सधै लागि रहेको छन। छिमेकी मुलुक भारतमा काम गर्ने नेपालीहरुको समस्यलाई नेपाली जनसम्पर्क समिति भारतले समय समयमा नेपाली कांग्रेका नेताहरुलाई जानकारी गराउदै आइरहेको छ। घर फर्किने क्रममा भारतीय सुरक्षा निकायको गरेको दुर्ब्यबहार र अत्याचारको बारेमा नेपाली कांग्रेस पुरा जानकार रहेको छ। नेपाली सरकारको टोलीले नेपाली जनसम्पर्क समितिको आधारमा दुई देशको कुटनैतिक स्तरमा यस छलफल हुने गरेकोछ।

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले पार्टीमा भएका आन्तरिक प्रतिस्पर्धाको असर विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरुमा पनि गुट उपगुटको असर प्रत्येक्ष देखा पर्दै गईरहेको छ। जसको कारण युरोप अमेरिका जापान र अस्ट्रेलियामा ठुलो विवाद रहेको समाचारमा पाउदा धेरै दुख लाग्दछ। नेपाली जनसम्पर्क समितिमा देखा परेको कलह आन्तरिक हुदै बाहिर छताछुल्लै हुने गरेको बिगतका  केहि बर्ष देखि बेलायत, अस्ट्रेलिया, र अहिले जापान पनि त्येस्तै देखियो। अमेरिकामा भूकम्प पिडितलाई जम्मा गरेको नेपाली तथा बिदेशी जनताहरुसित एक एक डलर नेपाली जनसम्पर्क समितिबाट हिनाबिना भयो भन्ने समाचारले ईमान्दार र कर्मठ कार्यकर्ताहरुको मुटुमा गाँठो परिरहेको छ।

अस्ट्रेलिया र बेलायतमा नेपाली जनसम्पर्क समितिको समानान्तर कार्यसमिति छन जसले एकले अर्को नेतृत्व स्वीकार्न सक्दैनन। नेता बन्न त्येस देशमा रहेका कांग्रेसी नेपालीहरुको साथ सहयोग र समर्थन भन्दा नेपालमा रहेका नेताहरुको समर्थनबाट नेता हुने होटबाजीमा दिनमा १० पटक नेताहरुलाई फोन गर्ने गर्दछन। डलर, पाउण्ड,युरो, येन र जिन्सी को गफ दिएर नेताको मन जित्ने कोसिसमा लाग्ने गर्दछन।  न्यु मोडेलको मोबाइल,ल्यापटप, गरगहना, लेडिजका स्रिङ्गारका,झोला समानहरु उपहार दिएर नेताहरुलाई भ्रष्ट बनाउने कोसिस गर्दछन।

नेपाली जन सम्पर्क समिति भारतमा बिबादहरु खासै देखिदैन। आफ्नो कार्यक्षेत्र  छोडेर केही नेतृत्वले माउ पार्टीका नेताहरुको अगाडी  पछाडी  हिड्न ब्यस्त भएकोले आफ्नो कार्यक्षेत्र को कुनै मतलब छैन । यत्रो बिशाल भारत अहिले नेतृत्व विहिन जस्तो अबस्थामा अलपत्र भएकोछ।

नेपाली जनसम्पर्क समितिमा नैतिकता,क्षमता र योग्यता नभएका व्यक्तिहरु नेतृत्वमा पुगेकोले धेरै देशहरुमा  ईमन्दरियताको खडेरी परेको देखिन्छ। नेपाली जनसम्पर्क समितिको नेतृत्वमा रहेर बीपीका सपनालाई पुरा गर्ने बाचा र प्रतिबद्धता गरेका बिदेश स्थिति जन सम्पर्क समितिको नेतृत्वहरु काठमाडौंका  नेता मोह र गुलामी गर्दै नेताको आट भरोसा र नेताको गफधाक दिएर केहि नेपाली जनसम्पर्क समितिका नेतृत्व हरु भरष्टचार,मानव तस्करी,गुठ्बन्दी , नातावाद , कृपाबादमा नराम्ररी फसेकोले समितिलाई बदनाम गर्ने काममा गरि रहेकोलाले सच्चा बीपीका अनुयायीहरुलाई  बेहोस बनाउछ।

विदेश स्थितका जनसम्पर्क समिति जुन उद्धेश्य लिएर गठन भएका थिए र पार्टीबाट मान्यता प्राप्त भएका थिए आज पछिल्लो समयमा आएर  बिपरित ठिक उल्टो दिशामा परिचालित भएको स्पष्ट देखिन्छ। दुख र  बिपतमा परेका नेपालीहरुलाई लाइ सहयोग भन्दा पनि थप दुख तथा पिडा दिने,पैसा असुल्ने, आफ्नै समिति भित्रै अन्तरघात गर्ने,खुराफातको बिकास गर्ने, दलाली गिरि गरी संस्था भित्रै  भॉड भैलो गर्ने जस्ता असामाजिक, अराजनीतिक बिकृतिहरुबाट ग्रस्त हुदै  अति निकृष्ट कार्यहरूले नेपाली जनसम्पर्क समितिलाई बिदेशमा रहने नेपाली समुदायहरुमा बदानामी गराउने जस्ता कार्यहरू देखा परेकाछन्।

नेपाली कांग्रेसको नेतृत्व र नेताहरुले नेपाली जनसम्पर्कलाई बिदेशमा मर्यादित र भरपर्दो तरिकाले जिउदो राख्नको लागी निपक्ष बिना पुर्वाग्रह आग्रह पानीलाई पानी दूधलाई दुध छुटाउन गलत र अपराधीकरणमा संलग्न  जो कोहीलाई ढाकछोप गर्ने प्रवृतिलाई अब छाड्नु पर्दछ। नीतबिधिबिधानको परिधि भित्र रहेर नेपाली जनसम्पर्क समितिलाई नेपाली कांग्रेसको विदेशमा रहेका सबै कांग्रेसीहरुको अपनत्व हुने पर्ने भातृसंगठनको रुपमा कार्यक्रम संचालन गर्नु पर्दछ। विवाद भएका ठाउमा पार्टीले सिधा हस्तक्षेप गरी बिबादलाई सामान्यकारण गर्न सक्नु पर्दछ। पार्टीको मौनताले नेपाली जनसम्पर्कहरुमा भाड भैलो भईरहेकोछ। पार्टीको बदनाम भैरहेकोछ।भाड भैलोबाट ग्रस्त नेपाली जनसम्पर्क समितिलाई सच्चा र ईमान्दार कांग्रेसी कार्यक्रताहरुको भर बिश्वासको बनाउन नेपाली कांग्रस पार्टीकोप्रत्यक्ष निगरानीको शशक्त आबश्यकता छ।

सम्बन्धित समाचार

2 Comments for “कांग्रेस नेतृत्वको मौनता: जनसम्पर्क समितिहरुमा भाँडभैलो”

  1. Esa

    एस्तो नै भैरहेको हो भने तुरुन्त जनसम्पर्क खारेज गर्नु पर्छ / अमेरिकामा त कम्निस्ट लाइ असाइलम गराउने बेस्ट छन् रे नि / अनि भारत मा लेखक आफै कारवाही परेको पनि समाचार आको छ त /

  2. Dirgha Raj Prasai

    पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर, साम्राज्यवादी शक्तिसँग भिडेर हिमवतखण्डका हिन्दुराज्यहरुलाई एकीकरण गरेको भूमि हो- ‘हिन्दुअधिराज्य नेपाल ।’
    विदेशीहरुको सहारा र निर्देशनमा यसरी नेपालको यसरी अधोगति भएको हो । नेपाललाई टुक्र्याउन ल्याइएको हो-‘संघीयता’, ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्षता’ ! पछाडिबाट छुरी हान्नेहरुसँग कस्को के लाग्छ ? ‘नेपाल’ संसारका देशहरुमा धेरै पुरानो सार्वभौम हिन्दुस्थल हो । २०६२ साल मंसिरमा दिल्लीको १२ बुँदे सहमति- नेपालको अस्तित्व समाप्त गर्ने खेल ! राजनीतिको नाममा राष्ट्रद्रोह गर्ने अधिकार कुनै नेतालाई छैन । २०७२ साल असोज ३ गते नयाँ संविधान यिनीहरुले घोषणा गरेतापनि देश संविधानविहीन अवस्थामा छ । राजनीतिमा नैतिकताको ठूलो महत्व हुन्छ । देशद्रोहीहरुलाई अरु देशमा झूण्डाएर मारिन्छ भने नेपालमा ?

    अव यसरी देश चल्दैन । देश बचाउने हो भने २०६३ सालपछि सत्तामा बसेका देशद्रोही नेताहरुलाई समातेर कारवाही गर्नसक्नु पर्छ । अहिलेको सबैभन्दा ठूलो आवश्यकता यही हो ।यस्ता देशका अपराधीहरुलाई पाता कसेर जेल चलान गरेको दिन नेपाल अधिराज्यभरी नेपाली जनताहरुले खुसियाली मनाउउँदै दिपावली गर्नेछन् ।

    बितेका १० बर्षदेखि अहिलेसम्म माओवादी, कांग्रेस, एमालेका नेताहरुले देशलाई भौडीमा हाल्नखोज्ने बाहेक देशको लागि एउटा पनि काम गरेनन् । शेरबहादुर पुडमाड्, भ्रष्ट पदलोलुप्त व्यक्ति र त्यस्तै थोती खुस्काइसकेका प्रतिक्रियावादी भ्रष्ट माओवादीका प्रचण्डबाट केही आशा राख्न सकिदैन! नेपालमा संघीयताले यो देशको हित हुँदैन। पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर साम्राज्यवादी शक्तिसँग भिडेर हिमवतखण्डका हिन्दुराज्यहरुलाई एकीकरण गरेको भूमि हो-‘हिन्दुअधिराज्य नेपाल ।’
    अव नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्नुपर्छ । देशभन्दा ठूलो गणतन्त्र होइन । अव बीना पूर्वाग्रह राजा, राजनीनिक दलहरु र जनताको संयुक्त प्रयासमा देश बचाउन हामी सबै सक्रिय हुनुपर्छ ।यो संकटबाट देशलाई मुक्त राख्न २०७२ असोज ३ गते घोषणा भएको संविधानलाई फालेर २०४७ सालको संविधानमा टेकेर विश्वको एकमात्र हिन्दु अधिराज्यलाई अटल राखेर संंवैधानिक राजसंस्थाको छत्रछायाँमा संसदीय प्रजातन्त्रको सुदृढीकरणको लागि सर्वपक्षीय मंत्रिपरिषद गठन गरेर त्यसैबाट निकाशको बिन्दुमा पुग्न सक्नुपर्छ ।
    –दीर्घराज प्रसाई

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907