प्रेमराज लामिछाने
सानो मा धेरै पटक साथिलाई केरे भन्न पठाएर तेरो भोलि बेरे भनियो । आज यथार्थ हुँदै थियो , साथीहरू कुरा गर्दै गर्दा मैले नबुझेर के रे भन्दा , उनिहरुले दिने जवाफसगं म मुस्कुराउथें । साच्चिकै भोलि मेरो विहे , के हुन्छ कसो हुन्छ होला भनेर मलाई कहुतुहलता भएन , नचिनेको केटि भएन पो कस्ति होले , आनिवानी कस्तो होला , घरपरिवारमा उस्को व्यवहार कस्तो होला भनेर सोच्ने आफ्नै प्रेमिका सगं विहे हुँदै थियो । कतिपछी साचिएको सपनापूरा हुँदै थियो , मनमा निराशा कतै पनि थिएन , झन साथीहरूले अलिकति पनि एक्लोपनको आभाष दिलाईरहेका थिएनन । त्यतिकैमा जयले भन्यो , तेरो त भोलिसुहाग रात यार , हात तन्काउदै ,ह्यापी सुहागरात है उस्लाई बिस्तारै विएरले छोयो जस्तो थियो। विराज बाठो पल्टेर भन्यो , कहिले नमानको लाई पो ह्यापी सुहागरात , त्यसता रात कति मनायो मनायो यो सागरले । तर उनिहरुले भने जस्तो हामी विच प्रेम सम्बन्ध बाहेक त्यस्तो अरु केही भएको थिएन , हुन त प्रेम भएको पनि एक वर्ष झै भैसकेको थियो तर त्यसतो कुनै मौकै मिलेन आफू आफ्नै पढाइ लेखाईमा व्यस्त भैइयो । उनी पनि आफ्नो दाइ दिदी सङं बस्ने म पनि बहिनिहरु सगं । एकबार भने उनलाई अङालोमा कसेर चुम्बन चाहिँ लिएको थिए , त्यही चुम्बनले उनको माया मौलाईदियो र झन प्रेम गाढा भयो अनि त भोलि विहे हुदैछ । महिनाले मङ्सिर दशै तिहार सकिएर विहेको लगन सुरु भएको थियो , मङ्सिर आठ गते म भौतारी रहेको थिए , बाहिर विहान देखि नै पानी परिरहेको थियो, प्रेमको एउटा चरम विन्दु पूरा भैसकेको थियो तर विवाह हुनको लागि उनको घरबाट म योग्य वर ठहरिन । मान्न त उनले कहाँ मानेकी थिईन र , हुन त यो जमानामा पनि जवरजस्ती विहे भन्ने कुरै हुदैन तर तै पनि बाबूआमाको अगाडि उनको कुनै सीप लागेन । आफ्नो हुन नसकेकी मायालुलाई कति सकारात्मक सोच मेरो या यो मेरो लाचारपन । मैले उनलाई भगाउन सकिन , सोचें समय अझै छ पाखापानी बाट बाईकमा झिम्री जान कति बेर लाग्छ र , तर यो समयमा उनले मानिनन भने । म ठिक त्यहाँ पुग्दा उनको सिउदोंमा अर्कैले सिन्दुर भरिसकेको भए । करिब ११ बार्ह बजे तिर जय त्यही आईपुग्यो नजिकै दुई जना होटेलमा पस्यौ चुरोट खादै पानीको रमझममा रौसिको वासन नाकमा नआउदै विराजले गिलास अगाडी ल्याउदै टुप्लुक्क आईपुग्यो । सुरु भयो चुस्की लिन , तेरो मन भुलाउनहो यार भन्दै सहानुभुती प्रकट गर्यो म केही सोच्न सक्ने अवस्थामा थिएन । मलाई रौसिको नशाले छोईसकेको थियो , सबै आ आफू किसिमले बोलिरहेका थिए जयले फेसबुकबाट उनि स्रोह सिङारमा सजिएको विहेको फोटो देखायो । म झल्यास भए , अनि व्युझिए कस्तो सपना यार । उनलाई फोन लगाए , कहाँ छौ म तिम्रो बेहुली भएर सजिदै छु सागर जन्ती लिएर मलाई लिन कति बेला आउछौ ??