Archive for: April, 2017

उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिको पदबाट राजिनामा

काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया […]


प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक हुनुहुन्छ । सो प्रस्ताव सत्ता साझेदार दुबै दलका २४९ सांसदको हस्ताक्षरसहित आज दिउँसो ४ बजे सचिवालयमा दर्ता गरिएको हो । […]


अक्षय तृतीया सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ, १६ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ […]


एनआरएनको सदस्यता प्रमाणीकरणबारे टेक्सास च्याप्टर उत्तम लामिछानेद्वारा बिज्ञप्ति जारी

एनआरएन अमेरिकाको सदस्यता निर्माण सकियो तर सदस्यता निर्माण प्रक्रियामा भएका चलखेलको कथा सकिएको छैन। आफ्नो पक्षमा केहि गलत हुँदा जुँगा मुसारेर जाँड खाएर बस्ने तर अरुको पक्षमा प्रक्रिया दुरुपयोग गरिंदा धोती खोलेर बिरोधमा सडकमा उत्रिने दोहोरो चरित्रधारी अगुवाहरु जुन संगठनका नेता हुन्छन, त्यहाँ गतिलो अपेक्षा गर्न सक्ने कुरै भएन। त्यसैले यहाँ लफ़डै लफडा छ। सदस्यता […]


स्थानीय निर्बाचनको मानव अधिकार आयोगले अनुगमन गर्ने

काठमाडाँै, १४ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो । अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ । उहाँले […]


युएनएको प्रतिभा प्रस्तुति “UNA Talent Hunt” को कार्यतालिका प्रकाशित: सहभागी हुन अपिल

डालस, टेक्सास, अप्रिल २६ । युनाइटेड नेपालीज एसोसिएसन आफ्नो दोश्रो अधिबेशन डालसमा गर्दैछ । त्यसको लागि बिभिन्न चरणमा कामहरु भैरहेका छन् । यसै क्रममा १५ बर्ष माथिका बालबालिकाहरुको लागि समर्पित एउटा अत्यन्त महत्वपूर्ण कार्यक्रम “युएनए ट्यालेन्ट हन्ट” भनिएको प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको तालिका प्रकाशित गरिएको छ । यो कार्यक्रममा भाग लिन चाहने वा यसमा आफ्नो […]


‘न्हाय्कं झ्या दरबार’ मल्लकालीन शैलीमै निर्माण गर्न सुझाव

भक्तपुर, १३ वैशाख । वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रको ‘न्हाय्कं झ्या दरबार’ अर्थात सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइएको छ । भूकम्पपछि टेकोको भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको लाय्कु चोकको उत्तर खण्डमा रहेको सिंहध्वाका दरबार पुरानै शैलीमा पुनःनिर्माण गर्न पुरातत्वविद्हरुले जोड दिएका हुन् । भूकम्पको स्मरण […]


अमेरिकामा नेपाली युवाहरुमा समर्पित युएनए को दोश्रो सम्मेलन सफल पारौं: पासांग लामा

 अमेरिकामा २०१६ मा स्थापित नेपाली युबाहरुको लागि लक्षित एक मात्र संगठन युएनए का अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति मार्फत सबैलाई सहयोगको लागि अपिल गर्नु भएको छ । आगामी मे महिनाको २६ देखि २८  सम्म डालसमा हुन लागेको उक्त सम्मेलनले नेपाली युबाहरुलाई एक कदम अगाडी बढाउने विश्वास राखिएको छ । लामा द्वारा प्रकाशित बिज्ञप्ति जस्ताको तस्तै: […]


चीनमा ३३ करोड नयाँ जागिर थपिए, वेरोजगारी घट्यो

बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवि प्रीति नेपाल द्धारा १५ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवि प्रीति नेपालले १५ हजार सहयोग गर्नु भएको छ । नेपालले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । नेपाल वल्र्ड टच इन्टरनेशनल एजुकेशन प्रालीकी एमडी हुनुहुन्छ । नेपालले गरेको सहयोगको चेक कोषलाई हस्तान्तरण गरिएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907