Archive for: January, 2017

शहिद सप्ताह शुरु

(माघ १६ गते आइतबार प्रचारप्रसार गर्ने) काठमाडौँ, १५ माघ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा […]


चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

(रमेश गिरी) भक्तपुर, १५ माघ । विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि […]


नक्कली कागजात बनाई विदेश पठाउने पक्राउ

काठमाडौँ, १४ माघ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले […]


मेक्सिको सीमामा पर्खाल निर्माण सम्बन्धमा बिभिन्न प्रतिक्रिया

वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गरेका मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ । यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला […]


बाजागाजासहित अर्नाको भव्य स्वागत

रत्ननगर(चितवन), १४ माघ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गर्नुभएको छ । चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको एउटा परिवारको अङ्गका रुपमा […]


भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकासबारे विश्वव्यापी छलफल

काठमाडौँ, १३ माघ । आर्थिक–सामाजिक विकासका योजना तथा तिनको कार्यान्वयनमा लामो समयदेखि कार्यरत व्यक्तिहरूले यातायात पूर्वाधारको चरम अभाव, अधिक कर तथा ढुवानी खर्चका कारण भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकास हुन नसकेको बताएका छन् । विश्वका ४६ देशमा आज एकैपटक भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकासबारे फ्रान्सेली संस्था इन्स्टिच्युट फ्रान्सियासले साझा विश्व भन्दै ‘नाइट अफ आइडियाज्’ नाराका साथ आयोजना […]


समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व

काठमाडौँ, १३ माघ । समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए । संस्कृतिविद् मोदनाथ प्रश्रितले कृषि प्रणालीको युग सुरु भएपछि समाजमा […]


ट्रंपद्वारा विशेषाधिकार प्रयोग जारी: बन्ने भयो मेक्सिकोको सीमामा पर्खाल

रास्ट्रपतिको सपथ लिएको दोश्रो हप्ता पनि ट्रंप व्यस्त छन् । २० मिलियन अमेरिकीहरुलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको तर कतिपय व्यक्तिहरुको लागि महँगो पर्न गएको भनेर पनि आलोचित ओबमाकेयर उनको पहिलो निशाना बन्यो । त्यसपछि टिपिपि माथि उनले ह्याम्मर चलाए । आज फेरी उनले आफ्नो विशेषाधिकार प्रयोग गरेर अध्यागमनमा तरबार चलाएका छन् । यी तिनै […]


गङ्गालालमा बाह्र हजारको मुटुको खुल्ला सर्जरी

कल्पना पौडेल) काठमाडाँै, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो । यो रकम यो वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ छ […]


युवा वैज्ञानिक भवीन्द्र कुँवरको नयाँ खोज ‘दुर्यान्तर’

(धु्रवसागर शर्मा) बेनी (म्याग्दी), १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907