संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसार नेपाल प्रालीले १० हजार सहयोग गर्ने भएको छ । संस्थाको आज बसेको संस्थापकहरुको बैठकले तत्कालका लागि १० हजार रकम कल्याणकारी कोषमा जम्मा गर्ने र बिस्तारै सहयोग रकम बढाउने निर्णय गरेको हो । नेपाली गीत संगीतको प्रर्बद्धन र अनलाइन बिक्री समेत गर्ने उद्धेश्यले संचालन गरिएको म्यूजिक संसार […]
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम केहि दिनमै गायक सिवाकोटीका मित रेर्कडिष्ट किशोर थापाको उपस्थितिमा कोषमा हस्तान्तरण गरिने छ । शिवाकोटी आफैमा राम्रो गायक संगीतकार र रचनाकार हुनुहुन्छ […]
गीत संगीतमा लागेको छोटो समयमानै सवैको मन मुटुमा बस्न सफल बहुप्रतिभाका धनि बागलुङका सर्जक प्रकाश सपुतको आफ्नै विहेमा छायाङकन गरिएको गीत माकुर माकुर खुर सार्वजनिक भएको छ । लोकदाहोरीको रचना,गायन र अभिनयमा अव्वल रहेका प्रकाशले आफ्नै विवाहमो अवसरमा सम्पुर्ण गीतको भिडियो बनाएका छन । भने गीतमा उनको जिवन संगीनी सँगको पहिलो भेट तथा माया […]
गीतकार प्रकाश सुवेदीले संगीतकर्मीको कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन । सुवेदीले संगीत रोयल्टी संकलन समाजको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषका लागि आफनो तर्फबाट नगद ५ हजार सहयोग गरेका हुन । सुवेदीले आफु एउटा स्रष्टा भएकोले स्रष्टाका लागि संगीतकार संघले स्थापना गरेको कल्याणकारी कोषमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्ब लागेको बताए । सहयोग […]
गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन । दाङको टिकरीमा जन्मीएकी वली हाल रेडियो नेपालमा जागिरे छिन । ओलीका तुल्सीपुरमा म जाँदा खेरी ,मलमलकीरी जुनकीरी बाँझो खेतमा जस्ता गीत चर्चित छन । उनले चलचित्रमा पनि अभिनय […]
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल खारेज गरिएको छ । (इनास) नेपालले सम्पादन गरेका काम संस्थाको हित अनुकुल नभएको ठहर गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिले नेपालमा कुनै प्रकारको शाखा, प्रशाखा , उपशाखाहरु आबस्यक नदेखिएको उल्लेख छ । ग्लोवल समितिका तर्फबाट अध्यक्ष पुष्प बरुवालले इनास नेपालको जिम्मेवारी सम्हाल्दै आएका चलचित्र पत्रकार प्रकाश सुवेदीका नाममा […]
अमेरिकामा बस्दै आएका नेपाली तिलक श्रेष्ठले उषा लिएर आएका छन । तिलकको दोश्रो एकल गीति संग्रह उषामा प्रसिद्ध संगीतकार हरि लम्सालको एकल संगीत रहेको छ । एउटा गीतमा चर्चित गायीका मिलन अमात्यले उनलाई साथ दिएकी छन । नेपालका प्रसिद्ध गीतकारहरु राजेन्द्र थापा , डा कृण्णहरि बराल, लोकराज अधिकारी सहित किशोर थापा,रोशन पाल्पाली, पासांग शेर्पा र […]
क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता […]
गायनकै क्रममा डेढ दशक पार गरिसकेका गायक हुन् वीरबल ढकाल । उनले गीत गाउँछन् तर आफ्नै गाउँको सेरोफेरोलाई बढी समेट्ने गर्छन् । जन्मिएको गाउँघर, हुर्किएको माटोसँग जति आत्मीयता हुन्छ त्यो स्वर्गीय आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ । गोरखाको उत्तरी भेग मान्वुमा जन्मिएका गायक बीरबल ढकाललाई गाउँको रोधीले पनि गायक बनाएको हो । […]
अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्डको नतिजा सार्बजनिक भएको छ । अडिसन पछि मेगा राउण्डमा प्रबेश गरेका प्रतियोगीको नतिजा सार्बजनिक गरिएको हो । प्रतियोगीताका निर्णायक हरुमा नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारी र अमेरिका बाट संगीतकार डम्बर खापुंग सुब्बा र महेश थुलुङ रहनु […]