Archive for: May, 2017

युएनएको दोश्रो सम्मेलनमा दाताहरुको उत्साह: ७० हजार डलर भन्दा बढी संकलन

डलास(टेक्सस) ।युनाइटेड नेपलिज एशोसिएशनको आसन्न दोस्रो सम्मेलनका लागि विभिन्न क्षेत्रवाट सहयोगको क्रम बढेको छ । डलासमा मे २६ देखि २८ सम्म हुने सम्मेलनका लागि हालसम्म ७० हजार सहयोग जुटेको आयोजक संस्थाका अध्यक्ष पासाग लामाले बताउनुभयो । झण्डै १ लाख ५० हजार खर्च अनुमान गरिएको सम्मेलनमा विभिन्न व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत ढंगवाट व्यवसायीहरुले सहयोग गरिरहनु भएको […]


संगीतकर्मी केसी दाजुभाई द्धारा कल्याणकारी कोषमा ५१ हजार सहयोग

बागलुङ्ग नरेठाँटी घर भै हाल अमेरिका बस्दै आउनु भएका संगीतकर्मी अनिल केसी र कृष्ण केसीले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि ५१ हजार रुपैया सहयोग गर्नु भएको छ । केसी दाजुभाई मध्य अनिलले नेपाली संगीतमा लगानी गर्दै आउनु भएको छ भने कृष्ण आफनो मन आफै संग, कस्ले सुरुवात गर्यो होला जस्ता चर्चित गीतका सर्जक हुनुहुन्छ । केसी […]


लायन राजेन थापा गभर्नरमा निर्वाचित

संवाददाता लायन राजेन थापा आज विहान नेभाडा राज्यको रेनोमा  संपन्न निर्वाचनवाट लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको छ । आवश्यक संख्या भन्दा धेरै मत प्राप्त गरि उहाँ लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको हो । यसै वर्ष लायन्स क्लव स्थापनाको सयौ वर्ष पुराहुने भएकाले उहाँले सतवार्षिकी […]


नेवा: अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रमको आयोजना

अग्नि चौलागाईं, लस एन्जल्स, २१ मे । आज नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न ८० जना उपस्थित भएकोमा ३५ जनामात्र दान गर्न सफल भएका थिए ।अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । “आफ्नो संस्कृति संरक्षणका लागि […]


बाइस स्थानीय तह थपियो

काठमाडौँ, ८ जेठ । सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा सरकारले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । […]


छोराको जन्मदिनमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम द्धारा संगीतकर्मी कल्याणकारी कोषमा १६ हजार सहयोग

दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोष सन्तोष जिएम ले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि १६ हजार रुपैया सहयोग गर्नु भएको छ । नेपालीहरुले सञ्चालन गरेको द चाइनिज किचन नामक रेष्टुरेन्टका सञ्चालक रहनु भएका सन्तोषले छोरा किरण जिएमको १४ औ जन्मोत्सवका अबसरमा कोषमा रकम हस्तान्तरण गर्नु भएको हो । कामको […]


बलेवा विमानस्थल सञ्चालन गर्ने नवनिर्वाचित नगरप्रमुखको प्रतिबद्धता

फलेवास (पर्वत), ८ जेठ । हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिको भविष्य निर्माण गर्नका लागि बलेवा विमानस्थलको महत्वपूर्ण भूमिका रहेको […]


कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट

काठमाडौँ, ७ जेठ । कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो । रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित […]


युएनए मा हुने फेसन शो अमेरिका बसेर नेपाल हेर्ने अवसर हो: डिजाइनर सुबेच्छा भडेल

हामीलाई लाग्छ, सामान्य मान्छेहरु फेसन गर्दैनन् । फेसन गर्ने काम मोडेलहरुको हो । फिल्मका कलाकारहरु पनि फेसन गर्छन । उनीहरु फरक ठाउँमा फरक लुगामा प्रस्तुत हुन्छन । उनीहरु मौसम अनुसार, परिवेश अनुसार, जिउ अनुसार, हैसियत अनुसार पोशाक परिवर्तन गर्छन । अहिले संसारभर फेसनको ठुलो बजार छ । कलेजमा फेसनको पढाई हुन्छ । पहिले पहिले एउटै लुगाले आधा जिन्दगी जान्थ्यो । घरमा र बाहिर हिंडडुल […]


रोल्पाली महिला सिलाइकटाइबाट आत्मनिर्भर बन्दै

रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907