Archive for: October, 2016

पुनःनिर्माणमा काठको कमी नहुने

वन तथा भू–संरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणका लागि काठको कमी हुन नदिन विभिन्न कार्ययोजना अघि सारेको छ । भूकम्पपीडित जनतालाई काठ वितरण गर्न मन्त्रालयले एक वर्षअघि नै ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ तयार गरी जारी गरिसकेको छ । वनमन्त्री शङ्कर भण्डारीले भूकम्प प्रभावित जनतालाई सहुलियत दरमा काठ वितरण गर्ने कार्य […]


पार्ट टाइम काम गर्ने मान्छे चाहियो !!

फोर्ट वर्थ डाउन टाउन देखि लगभग २५ माइल उत्तरमा रहेको एउटा ग्याँस स्टेसनमा पार्ट टाइम काम गर्ने मान्छे तत्काल जरुरत परेकोले निम्न फोन नम्बरमा सम्पर्क गर्नु होला। Phone number : 817.681.0919


डालसमा नाटक प्रदर्शन

हिजो आइतबार अक्टोबर २।  ३ वटा कार्यक्रममा उपस्थित भैयो। त्यसै थुप्रै कार्यक्रम हुने डालसमा दशैंमा झन् ठुलो चाप हुन्छ। बिहान ७ बजे उठे पछि बेलुकी १० बजे सम्म ती तीनवटा कार्यक्रममा पुग्न भ्याएँ। सबै कार्यक्रम रमाइला थिए। सबै कार्यक्रम केहि न केहि सिक्ने खालका थिए। अनि गल्ति कमजोरी बाट पाठ सिक्नु पर्ने खालका थिए । […]


तमलोपा र सद्भावना एकीकरण हुने

महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ । ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान […]


कलिली सुमिनाको अब्बल अभिनय

हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि जिज्ञासु, उत्सुक र अध्ययनमा मेधावी सुमिना कुलुंग राई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ओजस्वी र क्षमतावान् विद्यार्थीका रुपमा कहलिएकी थिइन् । हिजो स्कूले जीवनमा छँदै बनाएको परिचयले उनी पछिल्ला दिनमा प्रगतीका सिढी चढिरहेकी छिन्ः कुशल र तिख्खर अभिनयकी खानी बनेर । अर्थात् उनमा ऊ बेला पलाएको अभिनयको रागले यतिबेला […]


उपाध्याय र पौडेल राजदूतमा अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।


माग पूरा नभए कार्तिक ४ र ५ गते उपत्यकाका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको चेतावनी

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना […]


बादलको गाऊँ प्रेम

पछिल्लो समय नेपाली सुगम संगीतमा सक्रिय गीतकार एवं संगीतकार हुन् – बादल घिमिरे । यतिबेला आफ्नो दोस्रो आधुनिक गीति एल्बम `बदमासी ´को तयारीमा जुटिरहेका घिमिरेले आफ्नो जन्म गाऊँ स्याङ्जा चापाकोट विशेष गीत सार्वजनिक गरेका छन् । प्रसिद्ध संगीत प्रशिक्षक एवं संगीतकार चण्डिप्रसाद काफ्लेसंग शास्त्रीय संगीत सिकिरहेका बादल घिमिरे नेपाली संगीतका निकै आशालाग्दा संगीतकार समेत हुन् […]


वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन :मन्त्री लेखक ‘‘ढुक्क हुनुहोस दशैंमा घर जान समस्या हुँदैन’’

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् । उनले अघि थपे,‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला […]


बिबेकशील नेपाली पार्टीका अध्यक्षसंगको भलाकुसारी

करिब सात बजेको हुँदो हो।  नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907