काठमाडौँ, ७ कात्तिक ः आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि परेका मनोनयनमाथि आज जाँचबुझ भई उम्मेदवारको नामावली प्रकाशनको कार्य भइरहेको छ । निर्वाचनका लागि यही कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो । […]
काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबा बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ६४० मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको […]
काठमाडौं २९ असोज ः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक […]
राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच ‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । अवार्डमा चलचित्र ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ । ‘जात्रा’बाटै बिपिन कार्कीले सर्वोत्कृष्ट नायक बने भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले उत्कृष्ट नायिका बनिन् । एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट […]
अक्टोबर १४, काठमाडौँ। गैर आबसिय नेपालीहरुको संस्था एनआरएनको अन्तररास्ट्रिय संयोजन समितिको आठौँ सम्मेलन काठमाडौँमा अक्टोबर १५-१७ सम्पन्न हुँदैछ। अध्यक्ष लगायत बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने कार्य समेत भैरहेको छ। यतिबेला काठमाडौँ प्रबासी नेपालीहरुको चहलपहलले व्यस्त छ। कतै रमाइलो, कतै विवाद र झमेला पनि देख्न सुन्न पाइएको छ। अमेरिकाबाट पनि धेरै प्रतिनिधिहरु नेपाल गएका छन्। प्रतिनिधि […]
‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्। अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]
धुलिखेल, काभ्रे, २५ असोज ः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने […]
काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो […]
अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्। त्यसरी चोरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र […]
काठमाडौँ, २४ असोज ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने […]