Archive for: February, 2018

एनआरएन अमेरिकाद्वारा सिनेटर क्रुजसंग बार्ता: सहयोग गर्ने आस्वासन

फाल्गुण १६, वाशिङ्गटन, डिसी/ अमेरिकी सरकारद्धारा नेपालीहरूलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस टिपिएस सुविधालाई नबिकरणका लागी पहल गर्न गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले आज अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका […]


अन्तर्राष्ट्रिय लोक संस्कृति मेलाको तयारी

गैँडाकोट, १४ फागुन ः नवलपरासीको गैँडाकोटमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला, २०७४ को तयारी पूरा भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौँ अन्तर्राष्ट्रिय मेला’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलाले सांस्कृतिक विविधताको आदानप्रदान र प्रचारप्रसार गर्दै नेपालको पर्यटनको विकासमा योगदान पु¥याउने आयोजकले विश्वास लिएका छन् । एभरेष्ट नेपाल […]


चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

नेपालगञ्ज, १४ फागुन (रासस) ः मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना ¥याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको ¥यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख […]


विद्यालय क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन जुनियर तथा यूवाहरुको आव्हान

काठमाडौँ,  नेपाल रेडक्रसमा आवद्ध देशभरीका जुनियर तथा युवाका  प्रतिनिधिहरुले दीगो विकासका लक्ष्यहरु परिपूर्ती गर्न विशेष पहल गर्ने घोषणा गरेका छन् । घोषणापत्रमा भनिएको छ ः विद्यालय क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन  जुनियर तथा युवा रेडक्रसबाट विशेष पहल गरिने छ । ४८ जिल्लाबाट  १६८ प्रतिनिधिहरुको सहभागितामा कैलालीको टिकापुरमा आज सम्पन्न ३८ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस […]


प्रदेश ६ को राजधानीमा सरसफाई अभियान: मुख्यमन्त्री समेत सहभागी

सुर्खेत, १२ फागुन (रासस) ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको […]


संचार माध्यमले त्रास फैलाउने समाचार सम्प्रेषण गर्नु हुन्न

काठमाडौँ, ११ फागुन  ः विज्ञले प्राकृतिक प्रकोप र युद्धका समयमा नागरिकलाई भयावह हुने तरीकाले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । मुगुल मिडियाद्वारा आज आयोजित ‘गोरखा भूकम्पबाट सिकाइ र मिडियाको तयारी’ विषयको गोष्ठीमा युद्ध र विपद्का समयमा नागरिकमा निराशा छाउने काम मिडियाले गर्न नहुनेमा जोड दिइयो । पत्रकार श्रीरामसिंह बस्नेतले ‘नेपालमा विपद् समाचार संकलन’ […]


मदन कृष्ण हरिबंश सहितका कलाकारको साथमा रेडियो अडियोको बिशेष होली कार्यक्रम हुने

फागु पर्वका अबसरमा आउदो १७ गते रेडियो अडियोको आयोजनामा बानेस्वरमा बिशेष होली कार्यक्रम हुने भएको छ । रंगहरुको पर्व फागुलाई सभ्य र भब्य तरिकाले प्रतिष्ठित कलाकारको साथमा मनाउने तयारी गरिएको रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले जानकारी दिएका छन । कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्यको बिशेष प्रस्तुति रहने छ । त्यसैगरी कार्यक्रममा किरण […]


कपिलबस्तुमा १३६ वटा पुरातात्विकस्थल

कपिलवस्तु, ११ फागुन  ः पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ । मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ५ मा पर्ने यस क्षेत्रका विभिन्न भागमा अहिलेसम्म गरिएका उत्खननका क्रममा यति […]


ओली र वाम गठबन्धन प्रति नेपाली जनताको आशा र आशंकाहरु

नेपालमा नयाँ सरकार बन्दै छ। उखान टुक्का भन्न माहिर ओली बाजे प्रधानमन्त्री बनिसके। रास्ट्रपति बिद्या भण्डारीले हतार हतार उनलाई प्रधानमन्त्री बनाइन। देउबाले कुर्ची नछोडदै पुरानो कागजमा मितिसिती केहि नहेरी केपीलाइ उनले नियुक्त गरिन। आखिर प्रधानमन्त्री बन्ने उनी नै हो। प्रक्रियामा खिसिट्युरी गरे पनि परिणाममा कसैको दुइमत थिएन।उखान टुक्का भनेर मान्छे हँसाउन प्रख्यात ओली अब नेपालका […]


धनगढी प्रिमियर लिगका लागि क्रिकेट खेलाडीको मूल्य महँगो

काठमाडौँ, ९ फागुन  ः दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907