नेपाल टेलिकमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च गर्ने आफ्ना ग्राहकलाई सम्मान गरेको छ । २०७३ साउनदेखि ०७४ असार मसान्तसम्ममा फोन कल तथा इन्टरनेट चलाएर सबैभन्दा धेरै पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको हो । टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गरेर सबैभन्दा बढी बिल तिरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । उनले […]
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ । उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो । संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको […]
दोलखा, २२ माघ- भूकम्प गएको अढाई वर्षपछि बल्ल बाबेडाँडाका विस्थापितले घर बनाउन सुरु गरेका छन् । तर, यही बेला निर्माण सामग्रीको भाउ चुलिएपछि उनीहरूलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । आवास निर्माण गर्न सरकारले दिने भुक्तानीको प्रक्रियागत झन्झट पार गरेका उनीहरूसामु भाउ वृद्धिको अर्को वज्रपात थपिएको हो, कान्तिपुरमा खबर छ । गौरीशंकर गाउँपालिकास्थित बाबेका […]
अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र […]
दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र […]