व्यवसायीले नै बिर्सिए ‘कालो दिन’
नौ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपाली युवाको हत्या भएपछि काठमाडौंमा कहालीलाग्दो विध्वंस मच्चिएको थियो। अनियन्त्रित भिडले म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, सञ्चारमाध्यमलगायत निजी सम्पत्ति तोडफोड गर्यो। त्यसपछि १६ भदौलाई म्यानपावर व्यवसायीले ‘कालो दिनुका रुपमा सम्झँदै आएका थिए। तर, यो वर्ष उनीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै भदौ १६ बिर्सियो आजको […]