छापा माध्यमबाट

पत्रकारद्वारा सूचना विभागविरुद्ध आन्दोलनको चेतावनी

हेटौडा । पत्रपत्रिका र पत्रकारहरुको हितमा स्थापना गरिएको सूचना विभाग साना पत्रपत्रिका बन्द गराउने षडयन्त्रमा लागेको भन्दै मकवानपुरका पत्रकारहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघ मकवानपुर शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी एकनारायण […]


मनकामना मन्दिरको जीर्णोद्धार सुरू; आठ करोड ५० लाख लाग्ने अनुमान

बसन्त पराजुली मनकामना । मनकामना मन्दिरको जीर्णोद्धार सुरू भएको छ । मनकामना क्षेत्र विकास समितिले मन्दिर जीर्णोद्धारका लागि आर्थिक जोहो गर्नेदेखि आवश्यक सामानहरु संकलन गर्ने काम सुरू गरेको छ । समितिका अध्यक्ष दिनेश जोशीले दसैँपछि मन्दिर भत्काएर जीर्णोद्धार सुरू गरिने जानकारी दिनुभयो । ‘अहिले जीर्णोद्धारका लागि चाहिने आवश्यक वस्तुहरु संकलन गर्दैछाँै’ अध्यक्ष जोशीले चितवन पोष्टलाई […]


अनशन प्रकरणमा अन्तर्राष्ट्रिय चासो

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गराउन राज्यविरूद्ध आमरण अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारी र गंगामायाको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक अवस्थामा पुगेपछि अन्तर्राष्ट्रिय संस्थाहरुले चासो व्यक्त गर्न थालेका छन् । एक महिनाभन्दा लामो समय आमरण अनशनमा बसेका अधिकारी दम्पतीको माग सरकारले अझै पूरा गर्न सकेको छैन । मन्त्रिपरिषद् अध्यक्ष खिलनाथ रेग्मीसहित विभिन्न दलका नेतासमेतले दोषीमाथि […]


अब कक्षाकोठाभित्रै अनिवार्य क्षमता परीक्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि तथा शिक्षक क्षमताको परीक्षण कक्षा कोठाभित्रै अनिवार्य रूपमा गर्नुपर्ने भएको छ । शिक्षकको क्षमता वृद्धि गर्न र विद्यार्थीको सिकाइ उपलब्धिको स्तर बढाउन विद्यालय निरीक्षक र स्रोतव्यक्तिले कक्षा कोठाभित्रै अनिवार्य रूपमा अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको आजको राजधानीमा समाचार छ । अनुगमन तथा निरीक्षण प्रणालीलाई विद्यार्थीको सिकाइसँग जोड्दै वार्षिक रूपमा स्रोतव्यक्तिले कम्तीमा […]


गाडीको भन्सार महशुल आधा घट्दै

सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा सवारीसाधनमा लगाउँदै आएको भन्सार महसुल आधा कटौती गर्नुपर्ने भएको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताका क्रममा गरिएको प्रतिबद्धता अनुसार महसुल ४० प्रतिशतमा झार्नुपर्ने आजको कान्तिपुरमा खबर छ । अहिले सवारीसाधनमा ८० प्रतिशत भन्सार महसुल लाग्छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सन् २०१३ भित्र महसुल घटाउनुपर्ने प्रतिवद्धता हो । […]


जेलमा लागूऔषध कारोबारीको सञ्जाल

राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् । यो सँगै देशका विभिन्न जेलबाट लागूऔषधको कारोबार हुने गरेको रहस्य खुलेको आजो राजधानी र नयाँ पत्रिका दैनिकमा खबर छ ।  लागूऔषध मुद्दामा जेल परेका कैदीले सञ्जाल नै बनाएर भित्रबाटै भारतदेखि विभिन्न सहरमा लागूऔषधको कारोबार र ओसारपसार […]


अब एम्बुलेन्सको अधिकतम भाडा ५ सय मात्र

प्रजनन स्वास्थ्य समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ । एम्बुलेन्सले बढी रकम असुली गरेको जनगुनासो आउन थालेपछि समितिले अधिकतम मूल्य तोकेको आजको राजधानीमा समाचार छ । नयाँ कार्यक्रम लागू भएपछि सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका स्थानीय बढी लाभान्वित हुनेछन् […]


जुवामा हारेपछि आफ्नै अपहरणको नाटक

जुवामा पैसा हारेपछि एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफू अपहरणमा परेको भन्दै श्रीमतसिँग ५० लाख फिरौती मागेको आजको नयाँ पत्रिकामा खबर छ । उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ । प्रहरीका अनुसार […]


मलेसियामा २ सय नेपाली समातिए

मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ। उनका अनुसार राजधानी क्वालालाम्पुरलगायत जोहोरबारू, पेनाङ, इपो, केलाङ र देङकिल क्षेत्रबाट बढी पक्राउ परेका छन्। नेपाली […]


प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ खुलेआम बिक्री

खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड अनुरूप नभएकोभ भन्दै सरकारले प्रतिबन्ध लगाएका आयातीत इनर्जी ड्रिंक्सहरू बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। रेडबुललगायतका उत्पादनहरूमा स्पस्ट लेभल नभएको र त्यसमा भएको मिसावटसमेत स्पस्ट नभएकोले त्यस्ता उत्पादन बजारबाट फिर्ता गर्न जेठमा सरकारले सार्वजनिक सूचना जारी गरेको थियो। उत्पादन तथा बिक्री वितरणमा अटेरी गरिरहेकेा भएपनि सरकारले कदम नचालेको समाचार […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907