कृषि/ वन/ वातावरण

आज असार १५, धान दिवस ।

  जुन २९ डालस/  आज धान दिवस अर्थात असार १५ ।  बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा  धान  रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । […]


सुत्केरी भैँसीलाई भत्ता !

बाबियाचौर, म्याग्दी, १० साउन  ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]


कृषि उत्पादनका लागि राप्तीपारि क्षेत्रलाई अनुदान

खजुरा (बाँके),  भदौ ३०। एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ । एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था बैजापुरसँगको साझेदारीमा साना तथा मझौला कृषकको आयस्तर वृद्धिका लागि लाखौँ रुपैयाँ अनुदान दिएको हो । सहकारी संस्था बैजापुरका सचिव मीनकुमार थारूका अनुसार मसुरो उत्पादन, सङ्कलन […]


प्राङ्गारिक तरकारी उत्पादनले व्यवसाय फस्टायो

रामपुर (पाल्पा), भदौ १५। तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएको छ । प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएका कृषक गुरुङको घरमा दिनहुँ तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । तानसेन नगरपालिका– ११ लामडाँडा निवासी ५२ वर्षीय गुरुङले उत्पादन गर्नुभएका तरकारी किन्न उपभोक्ता, व्यापारी मात्र […]


तरकारी उत्पादन गर्न युवालाई रु चौबिस लाख अनुदान

इलाम, भदौ १४। जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो । युवालाई आलु, अदुवा, अलैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका […]


कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिमचितुवा र नाउरको सङ्ख्या बढ्यो

ताप्लेजुङ, १४ भदौ । ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) को सङ्ख्या बढ्दै गएको बताएको छ । यस क्षेत्रमा अहिले २४ वटा हिमचितुवा रहेको आयोजनाको दाबी रहेको छ भने नाउरको सङ्ख्या पनि ७०० ले बढेको बताइएको छ । […]


सात थान साइकलसहित काठ नियन्त्रणमा

रौतहट, ११ भदौ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जङ्गलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा सात थान साइकल नियन्त्रणमा लिएको हो । जिल्ला वन कार्यालयका सहायक वन […]


कस्तुरी मृगले बासस्थान छोडे

बेनी (म्याग्दी), ११ भदौ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ […]


मत्स्यपालन व्यवसायतर्फ किसान

रामपुर पाल्पा, भदौ १० । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् । परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरु मत्स्यपालनतर्फ आकर्षित भएका हुन् । हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका […]


सामुदायिक वन–जीवजन्तु संरक्षणमा

म्याग्दी, भदौ ८ । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् । म्याग्दीका गौश्वारा, बगरफाँट […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907