बडादशैं नजिकिंदै गर्दा नेपाली समाज टेक्सास र इन्द्रेणी सांस्कृतिक संघले डालस नजिकै रहेको ग्रेपभाइन तालको छेउमा दशैं मेला आयोजना गर्यो । मेलामा डालस वरपरका थुप्रै नेपालीहरुले सहभागिता जनाए । तालको किनारमा चलेको शितल हावाको आनन्द लिंदै सहभागीहरुले रमाइलो गरे । करिव १२ देखि अविच्छिन्न रुपमा कार्यक्रम चल्यो । एकअर्कामा सुभकामना आदान प्रदान र भेटघाटको रुपमा […]
बिदेशमा बसेर नेपालमा समाजसेवा गर्न चाहने धेरै भए पनि गर्न भने निकै कठिन छ । दैनिक गुजारा चलाउन काम गर्नै पर्छ । सामान्य काम गरेर खानेहरुलाई त्यति प्रसस्त समय पनि हुँदैन र घरको खर्च धानेर समाजसेवामा लगाउन पैसाको पनि अभाव नै हुन्छ । त्यस माथि संस्था स्थापना गरेर त्यहि संस्थाको पछि कुद्न र देखिने गरी […]
असोज ११, काठमाडाँै । नेपाल स्रष्टा समाजले आफ्नो बाह्रौँ साधारण सभाको अवसर पारेर प्रा. घनश्याम कँडेल र महेश पौड्याललाई काठमाडाँैमा सम्मान गरेको छ । यस वर्षको सुभद्राविश्वराज स्रष्टासम्मानबाट घनश्याम कँडेल सम्मानित भए भने प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान महेश पौडेललाई दिइयो । यी दुई पुरस्कारको राशी क्रमशः पन्ध्र हजार एक सय एघार र […]
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को हालै (शनिवार) सम्पन्न २५औं वार्षिक साधारणसभाले झविन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा १३ जना निर्वाचित पदाधिकारी रहने र संस्थाका कार्यकारी निर्देशक पदेन सचिव रहने व्यवस्था छ । २०७४ भदौमा सम्पन्न २३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष चेतनाथ कणेलको २ वर्षे पदावधि समाप्त भएपश्चात् उक्त नयाँ कार्यसमिति गठन […]
काठमाडौं, भदौ १९ गते । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आउनुभएका डा. विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित १० हजार रुपैयाँ राशिको उक्त सम्मान प्राप्त गर्ने उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ । गतवर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त […]