जुन २९ डालस/ आज धान दिवस अर्थात असार १५ । बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा धान रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । […]
बाबियाचौर, म्याग्दी, १० साउन ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]
खजुरा (बाँके), भदौ ३०। एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ । एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था बैजापुरसँगको साझेदारीमा साना तथा मझौला कृषकको आयस्तर वृद्धिका लागि लाखौँ रुपैयाँ अनुदान दिएको हो । सहकारी संस्था बैजापुरका सचिव मीनकुमार थारूका अनुसार मसुरो उत्पादन, सङ्कलन […]
रामपुर (पाल्पा), भदौ १५। तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएको छ । प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएका कृषक गुरुङको घरमा दिनहुँ तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । तानसेन नगरपालिका– ११ लामडाँडा निवासी ५२ वर्षीय गुरुङले उत्पादन गर्नुभएका तरकारी किन्न उपभोक्ता, व्यापारी मात्र […]
इलाम, भदौ १४। जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो । युवालाई आलु, अदुवा, अलैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका […]
ताप्लेजुङ, १४ भदौ । ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) को सङ्ख्या बढ्दै गएको बताएको छ । यस क्षेत्रमा अहिले २४ वटा हिमचितुवा रहेको आयोजनाको दाबी रहेको छ भने नाउरको सङ्ख्या पनि ७०० ले बढेको बताइएको छ । […]
रौतहट, ११ भदौ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जङ्गलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा सात थान साइकल नियन्त्रणमा लिएको हो । जिल्ला वन कार्यालयका सहायक वन […]
बेनी (म्याग्दी), ११ भदौ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ […]
रामपुर पाल्पा, भदौ १० । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् । परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरु मत्स्यपालनतर्फ आकर्षित भएका हुन् । हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका […]
म्याग्दी, भदौ ८ । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् । म्याग्दीका गौश्वारा, बगरफाँट […]