दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो। यसलाई दशैं मात्र होइन बिजया दशमी पनि भनिन्छ किनभने असत्य माथि सत्यको बिजयको रुपमा यसलाई मनाउने गरिन्छ। अज्ञानता माथि ज्ञान, अध्यारो माथि उज्यालोको विजयको रुपमा पनि दशैं अर्थात् बिजया दशमी मनाउने गरिन्छ।समय, अवस्था वा कालखण्डमा […]