लोक सभाको मतगणना सुरू; प्रारम्भमै गान्धि २००० मतले पछी ।
अप्रिल ११ देखि मे १९ तारिक सम्म सात चरणमा भयको भारतको लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना सुरू भएको हो।
विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले भोलि बिहान सम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको भारतको गृह मन्त्रालयले जानाकारी गरायको छ ।उता भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ।
चुनावमा सत्तारुढ गठबन्धन भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन्।प्रारम्भिक नतिजाले पनि सोहि तथ्यलाई पुष्ठि गरेको छ । बिहान ९ बजे सम्म को(भारतको समय) मत गणना अनुसार ३७७ स्थानको मत गन्दा बिजेपि २२२स्थानमा अग्रता कायम गरेको छ ।त्यस्तै काँग्रसले ९५ स्थान र अन्यले ६० स्थानमा अग्रता कायम गरेको पाईन्छ । काँँग्रेस नेता रहुल गान्धि उनका प्रती दोन्दी भन्दा २००० मतले पछी छन् ।
नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन बहुमत स्थानमा जित हात पार्ने देखिएको हो। सर्वेक्षणहरुले राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन्। लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ। अघिल्लो चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो।मत सर्वेक्षणको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ।तर मत सर्वेक्षणमा कति सत्यता छ भन्ने जन्नका लागि मतगणनाको नतिजा कुर्नुनै पर्छ ।
भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ। यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् । यसैबिच दिल्लिका मुख्य मन्त्रि कजरीवालले दिल्लीमा आम अदमी पाटिले सोचे अनुरुपको मत नपायको र मुस्लिमको भोट काँग्रसलाई गयको प्रारम्भिक अनुमान गरेको भारतिय मिडियाले प्रचार गरेका छन् ।