किन उत्रदैछन राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ?

करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ मा राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन । किन उत्रदैछन त राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ?

हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र हो । पछिल्लो समय विद्युतिय संचार माध्यमहरुमा हाँस्यब्यङ्ग्य कार्यक्रमहरुको दरिलो उपस्थिति छ । समाचारपछि हाँस्यब्यङ्ग्य कार्यक्रमहरु नै सर्वाधिक हेरिने कार्यक्रमहरुमा पर्ने गरेको विभिन्न सर्वेक्षण र अनुसन्धानहरुले देखाएका छन् ।
टेलिभिजन च्यानल र एफएम स्टेसनहरुको बढोत्तरीले हाँस्यब्यङ्ग्य कार्यक्रमहरुको प्रशारणमा तीब्रता आएको छ । जसले गर्दा हाँस्यब्यङ्ग्य कलाकारहरुको बृद्धि र विकास हुनु स्वभाविक नै हो । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रहरुको खस्किदोँ अवस्थाका कारण आम जनतामा निरासा र अविश्वास बढ्दै गएको छ ।
सत्ता संचालकहरुको गलत प्रवृतिका कारण देश दिन दिनै ओरालो लाग्दा हाम्रा जीवनशैली र दैनिकचर्यामा पनि नकारात्मक असरहरु परिरहेका छन् । जसका कारण आम नेपालीले हाँस्न समेत बिर्सने अवस्था विद्यमान छ । यस्तो प्रतिकुलता र निरासाको मनोविज्ञानमा बाँच्न बाध्य हामी नेपालीहरुलाई केही क्षण भए पनि हँसाउने कार्य हाँस्यब्यङ्ग्य कार्यक्रमहरुले गरिरहेका छन् ।
स्वस्थ मनोरन्जन सँगै सामाजिक परिवर्तनमा सहयोग र खराव पात्र र प्रवृतिहरुप्रति खवरदारी गराउने कार्यमा हाँस्यब्यङ्ग्य क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । वर्षाै चलचित्र क्षेत्रमा क्रियाशील कलाकारहरु जत्तिकै हाँस्यब्यङ्ग्य कलाकारहरुले छिटो ‘सेलिब्रेटी’ को रुप ग्रहण गर्नुले पनि हाँस्यब्यङ्ग्य कार्यक्रमरु नेपालमा सर्वाधिक प्रिय कार्यक्रम बनिरहेको तथ्यलाई छर्लङ पार्दछ ।
को हुन राजा राजेन्द्र ?

२०५८ साल देखि कलेजमा हुने साँस्कृतिक कार्यक्रमहरु मार्फत हाँस्यब्यङ्ग्य क्षेत्रमा पाईला राखेका राजेन्द्र जन आन्दोलन २०६२÷०६३ मा तत्कालिन सासकहरुको गलत रबैयालाई आफ्नो ब्यङ्गात्मक प्रस्तुती मार्फत अभिब्यक्त गरेर सो समयमै प्रतिभाशाली कलाकारकोरुप ग्रहण गरे । तत्पश्चात एकहजार भन्दा बढी ‘स्टेज प्रोग्राम’ हरुमा आफ्नो प्रस्तुती दिईसकेका राजा राजेन्द्रले ‘जिरे खोर्सानी’ र ‘मेरी बास्सै’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।
विशेषगरी ‘मेरी बास्सै’को चौरासी बा (शुसील कोइराला) भन्ने पात्रका रुपमा उनले गरेको अभिनयले दर्शकहरुका विशेष छाप छाड्न सफल भएको छ । राजा राजेन्द्र रेडियो अडियो एफएममा सातामा पाँच दिन हाँस्यब्यङ्ग्य कार्यक्रम संचालन गरिरहेका छन् । रेडियो अडियोबाट २०६५ सालदेखि निरन्तर हाँस्यब्यङ्ग्य कार्यक्रम संचालन गरिरहेका उनका कमेडी क्लब, चिया चौतारी, सुपरफास्ट, चटपटे गरम मसला लगायतका कार्यक्रमहरु चर्चाका केन्द्रमा रहे । त्यसैगरी ई २४ टेलिभिजनमा हाँस्यब्यङ्ग्य कार्यक्रम ‘गीत जात्रा’ र हिमालय टेलीभिजनको लोकप्रिय कार्यक्रम ‘जोक तन्त्र’ समेत संचालन गरेका थिए ।
गायन क्षेत्रमा समेत आफूलाई उभ्याउँदै दुई दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज भरी सकेका, दर्जनौं गीतहरुमा शब्द तथा संगीत गरीसकेका राजा राजेन्द्रको ‘मेरो माया’ गीती एल्बम समेत बजारमा आई सकेको छ ।
शुरुमा गायक बन्ने अभिलासा बोकेका राजा राजेन्द्रले वर्तमानमा गीत संगीत क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखि रहेका छन्, भने हाँस्यब्यङ्ग्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाईरहेका छन् । २०६९ सालको “हाजमोला झ्याईकुटी जयहोस् मेरी बास्सै गाइजात्रा” तथा २०७० सालको “हाजमोला झ्याईकुटी जय होस् हर्के हल्दार गाइजात्रा” कार्यक्रममा र २०७१, ७२ र ७३ मा प्रज्ञा भवनमा संचालन भएको “तिते जिरे मेरी बास्सै गाइजात्रा” मा उद्घोषकरुपमा समेत उनले कार्य गरिसकेका छन् । सो कार्यक्रमको संचालनबाट राष्ट्रिय स्तरको कार्यक्रम संचालनको अनुभव हाँसिल गरेका राजेन्द्रले अन्य विभिन्न मन्चहरुमा समेत आफ्नो उद्घोसकिय कौसल समेत प्रदर्शन गरिसकेका छन ्। तिन पटक व्यवसायीक प्रवद्र्धनात्मक कार्यक्रम सहित मेची महाकाली सांस्कृतीक यात्रा जसमा रुस्लान हास्यब्यंग्य यात्रा दुई पटक बजाज आर ई स्वरोजगार ¥याली १ पटक भब्य र सभ्य रुपमा सम्पन्न गरी सकेका छन ।
को हो आयोजक संस्था उसको नजरमा राजा राजेन्द्र किन परे ?
आयोजक राष्ट्रिय लोक सांस्कृतिक संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई नेपाली कला साहित्य संगीत तथा लोक संस्कृतिलाई जर्गेना गर्दै यस सँग सम्बन्धित सर्जक तथा स्रष्टा हक अधिकार सुरक्षित गर्नको लागि सथापना काल देखि हाल सम्म विभिन्न सरोकारवाला संघ संस्थाहरु सँग सहकार्य गरी विभिन्न कार्य गर्दै आएको सामाजिक संस्था हो लोक सांस्कृतिक संघ ।
स्थापना काल देखि हाल सम्म विभिन्न चेतनामूलक सडक नाटक, विभिन्न सांस्कृतिक कार्यक्रमहरु रेडियो कार्यक्रम, डकुमेन्ट्रि निमार्ण, सेमिनार लगायतका चेतनामूलक गीति संग्रह निर्माण गर्दै आइरहेको उक्त संस्थाले चर्चित हास्य कलाकार राजाराजेन्द्र पोख्रेलको एकल साँझ आयोजना गर्न लागेको हो ।
प्रस्तुतकर्ता रेडियो अडियो प्रा.लि सन् २०६४ साल गाईजात्राको दिनबाट रेडियो अडियोले आफ्नो परिक्षण प्रशारण शुरु गर्यो । त्यहि साल मंसीर २१ गते हाँस्य व्यङ्ग्यका महारथीहरु आरदणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) द्धारा रेडियो अडियोको उद्घाटन भयो । हाँस्य व्यङ्ग्य र मनोरञ्जनले सबैमा मुस्कान छर्दै अघि बढेको रेडियो अडियो अहिले लोकप्रिय भएको छ । रमाइला गीतहरु र व्यङ्ग्यात्मक कार्यक्रमहरु पस्किएर रेडियो अडियोले आफ्नो भिन्नै पहिचान बनाउन सफल भएको छ । रेडियो अडियोका कार्यक्रमहरु पृथक भएकै कारण मोफसलका रेडियोहरुले समेत रेडियो अडियोले उत्पादन गर्ने कार्यक्रमहरु आफ्नो रेडियोमा प्रशारण गरिरहेका छन् । यो क्रम बढ्दो छ ।
रेडियो अडियोसँग सहकार्य गरिरहेका एफ एमको संख्या सय नाघिसकेको छ । आफ्नो कामको गति बढाउँदै, आफूलाई अरु फिजाउँदै रेडियो अडियोले मनोरञ्जनात्मक न्यूज पोर्टल गफगाफ डट कम पनि सञ्चालन गरिरहेको छ । साथै, आफ्नो यु ट्युव च्यानल फरसी नेटवर्क मार्फत पनि रेडियो अडियोले विभिन्न देशमा रहेका नेपाली समक्ष पुगेको छ । रेडियो अडियोले हाँस्य कलाकारलाई आफैंसँग समेट्दै अघि बढिरहेको छ । हाँस्य कलाकारको जन्मदिन सँग सँगै हरेक वर्ष गाई जात्राको दिन बानेश्वरको गाईजात्रा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो रेडियो अडियोको क्यालेन्डर इभेन्ट हो । यसैवर्ष बाट रेडियो अडियोले बानेश्वरको होली कार्यक्रम पनि आयोजना गर्यो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिबंशं आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, पल शाह, आँचल शर्मा, किरण केसी लगायतका कलाकारले प्रहशन गरे । कार्यक्रमलाई नेपाल टेलिभिजनले लाइभ गरेको थियो । रेडियो अडियोले छोटो समयमा नै आफ्नो ब्राण्ड बनाउन सफल भएको छ । साथै, यहाँ सम्म आइपुग्दा हाँस्य कलाकारको लागि पनि एउटा राम्रा थलो भएको छ, जहाँ हाँस्य कलाकार दीपाश्री निरौलाले धनियाकी दुनिया र जितु नेपालले झटारो रेडियो कार्यक्रम सञ्चालन गर्नुहुन्छ । यसले रेडियोअडियोको ब्राण्डमा निकै सहयोग गरेको छ ।
‘राजा राजेन्द्र पोख्रेल हाँस्यब्यङ्ग्य साँझ २०७४को उद्धेश्य ?
कार्यक्रमको उदेश्य मृगौला पिडित, क्यान्सर पिडित र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने रहेको छ । त्यसैगरी हास्यब्यङ्ग्य क्षेत्रको वृत्ति विकासमा सहयोग पु¥याउने ,हास्यब्यङ्ग्य क्षेत्रको आफ्नो मौलिकता र महत्वको सम्वर्धन तथा संरक्षणसँगसँगै हास्यब्यङ्ग्य क्षेत्रलाई समाजसेवातर्फ क्रियाशील हुनका लागि अभिप्रेरित गराउने उद्धेश्य रहेको छ । त्यसैगरी सोह्र वर्षको आफ्नो हास्यब्यंग्यको आफ्नो अनुभवलाई प्रयोग गर्दै एउटा अविश्मरणिय साँझ प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्ने अठोट संगै बृहत र व्यवस्थित कार्यक्रम मार्फत अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा स्थापित गर्ने र श्रष्टा सर्जकको कला र क्षमताको विकासमा टेवा पु¥याउने पनि कार्यक्रमको उद्धेस्य छ ।
बिशिष्ट पाहुना को को आउदैछन कार्यक्रममा ?
प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको बिषेश उपस्थिति रहने छ । त्यसैगरी मन्त्रीहरु त्था सभासदहरुका साथमा अतिथि कलाकारको रुपमा प्रसिद्ध हाँस्य कलाकार मनोज गजुरेल, दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, सिताराम कट्टेल, केदार घिमिरे, रबी डङ्गोल, सुरेन्द्र केसी, शिबसशंकर रिजाल साथै चर्चिच गायक, गायिका, नायक, नायिका अतिथिका रुपमा रहने छन । भने जिरे खोर्सानी, मेरी बास्सै, ब्रेक फेल तथा भद्रगोल टिमका कलाकार लगायत हाँस्य ब्यङ्ग्य क्षेत्रका कलाकारहरुको उपस्थिती रहने छ ।
प्रस्तुतीमा कस्ले कस्ले सघाउदै छन ?
रेडियो तथा टेलिभिजन मार्फत लाईभ हुने जम्मा २ घण्टा४५ मिनेटको कार्यक्रममा सुर्के थैली, पुर्व पश्चिम रेल, कुटुमा कुटु लगायत गीतका गायक संगीतकार राजन राज सिवाकोटी , रुपैमोहनी ,ठमेल बजार, काले दाई लगायत गीतका गायिका मिना निरौलाले साथ दिनेछन । त्यसैगरी , चर्चितलोक गायक बद्री पंगेनी र वैकुण्ठ महत गायक अमृत खाती साजन राई र कार्यक्रम प्रस्तोता शोभा त्रिपाठी र मोडल संजिव ठकुरीले पनि प्रस्तुतीमा साथ दिनेछन ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907