डालस एभरेस्ट लायन्स क्लबले अप्रिल ८ मा पदयात्रा गर्दै

लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना गरिएका छन् । ती संस्थाहरु मध्ये थोरै पुराना संस्थाहरुमा डालस एभरेस्ट लायन्स क्लब पनि एक हो ।
२००३ मा स्थापित डालस एभरेस्ट लायन्स क्लबले नेपालमा बिभिन्न काममा सहयोग गर्दै आएको छ । सोही अनुरुप आगामी अप्रिल ८ शनिबारको दिन एक पैदल यात्रा कार्यक्रम आयोजना गरेको छ । किड्नी वाक २०१८ नाम राखिएको उक्त पदयात्रा कार्यक्रमको मुख्य उद्देस्य केहि रकम संकलन गर्नु र उक्त रकम नेपालमा मृगौलाबाट पिडितहरुको परिक्षण केन्द्र स्थापनामा सघाउन को लागि प्रयोग गरिनेछ ।
लायन्सहरुको मुख्य नारा “वि सर्भ” अर्थात् “हामी सेवा गर्छौं” भन्ने हो । यो संस्थामा दिनको लागि प्रवेश गरिन्छ । सोही उद्देश्य अनुरुप नै डालस एभरेस्ट लायन्स क्लब पनि सक्रिय छ । नेपालीहरुले गर्ने कार्यक्रमहरुमा रचानान्त्मक कार्यक्रम गर्ने संस्थाहरुमा यो क्लब अग्रपंक्तिमा पर्छ । यसपाली पनि नेपाल र नेपालीकै भलोको लागि केहि गरौँ भन्ने उद्देस्यका साथ् यो कार्यक्रम गर्न लागिएको छ ।

पदयात्राको प्रमुख अतिथि अर्भिंग सिटिका मेयर रिक् स्टफ़र छन् भने पदयात्राको अग्रपंक्तिमा लायन्स क्लब टुएक्स-वान का गभर्नर हेनरी ह्वाइटले गर्नेछन । कार्यक्रमको संयोजन लायन थलराज पन्तले गर्नेछन । त्यस्तै सो अबसरमा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन भने रमाइला खेलहरुको समेत आयोजना गरिएको छ । प्रबेश शुल्क $१० रहेको उक्त पदयात्रा आफ्नो मातृभूमि नेपालको सेवामा एउटा सानो योगदान हुने जनाउंदै त्यसमा भाग लिन हार्दिक अनुरोध गरिएको छ । ३३३ आइ-६३५ अर्भिंग टेक्सासको रिचर्ड्सन पार्कमा उक्त कार्यक्रम सम्पन्न हुनेछ ।

पदयात्रा संयोजन थलराज पन्तका अनुसार यसपटकको पदयात्रामा एक दर्जन नेपाली डाक्टरहरुको सहभागिता रहने छ । अमेरिकाका बिभिन्न अस्पतालहरुमा कार्यरत ती नेपाली डाक्टरहरु एकै ठाउँमा आउनु नेपाली समाजको लागि उपलब्धिको कुरा हो । नेपाली संगै करिव आधा दर्जन अन्य देशका डाक्टरहरुको समेत पदयात्रामा उपस्थिति रहने छ । यसले भविस्यमा अमेरिकाको नेपाली समाजमा समेत स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु ल्याउन सहयोग मिल्ने देखिन्छ ।
पन्तका अनुसार डायलासिस केन्द्रको स्थापनाको लागि नेपालमा लामो समय देखि सक्रिय आरोग्य फाउन्डेसनसंग सहकार्य गरिनेछ । नेपालमा ठुलो जनसंख्या यो सेवाबाट बन्चित रहेको अहिलेको अबस्थामा डालस एभरेस्ट लायन्स क्लबले भबिस्यमा अमेरिकाका अरु संघ संस्थाहरुसंग मिलेर हरेक प्रदेशमा केन्द्र स्थापना गर्ने उद्देश्य समेत रहेको छ । स्मरण रहोस डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष बिएन पन्त हुनुहुन्छ ।
नेपालमा मृगौला रोगीहरुको संख्या बढ्दै छ । मधुमेह रोगको कारण मृगौलामा समस्या आउने हुनाले समयमै मधुमेह र मृगौला रोगको पहिचान गर्न सकिएमा पिडितको ज्यान बचाउन सकिन्छ । उक्त कामको लागि परिक्षण केन्द्रको  आबस्यकता महशुस गरी सो कार्यमा सक्दो सहयोग गर्न यो पदयात्रा आयोजना गरिएको छ । हाम्रो दस डलरले ठुलै परिणाम त ल्याउन नसक्ला, तर केहि मान्छेहरुको रोगको समयमै पहिचान भयो भने पनि पक्कै हाम्रो योगदान खेर नजाने हुनाले सपरिवार यस कार्यक्रममा उपस्थित हुन हामी सबैमा सादर अनुरोध गर्दछौं ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907