संगीतकर्मी कल्याणकारी कोष बाट गायक ओम बिक्रम बिष्टलाई २५ हजार सहयोग
गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ ।
कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट समक्ष पुराउने छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम पनि निरन्तर रहेको संघका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन ।
कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यसैक्रममा आउदो बैसाख महिना बाट मेचिकाली अभियानको थालनी गर्ने संघको तयारी छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ८ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख १३ हजार ९सय १६ रुपैया सहयोग गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने अध्यक्ष शेषले जानकारी दिए ।
संगीतकर्मी कल्याणकारी कोषको फागुन ४ गते सम्मको विबरण अनुसार कोषमा १० लाख ६ हजार २१२ रुपैया ८ पैसा बचत
रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।