डलासमा ‘उमन इन कन्सर्ट’ हुने
डलास (टेक्सस) । गीत–संगीतको माध्यमबाट नेपाली महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्य सहीतअमेरिकामा संचालन गरिएको ‘उमन इन कन्सर्ट’ टेक्ससको डलासमा समेत हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रस्तुती रहने कार्यक्रम अन्र्तगत डलासमा अक्टुबर २७ मा कन्सर्ट गर्न लागिएको हो । संगीत क्षेत्रमा लागेका महिलाहरुले नेपालमा केही समय अघिदेखि नै ‘उमन इन कन्सर्ट’ कार्यक्रम गर्दै आए पनि अमेरिकामा भने यो पहिलो पटक गर्न लागिएको हो ।
अमेरिकाका विभिन्न राज्यमा थुप्रैं कार्यक्रमहरु आयोजना गर्दै आएको भिन्तुना इन्टरनेशनलअन्तर्गतको ‘थ्रीइ इन्टरटेनमेन्ट’ नामक संस्थाले नेपालका चर्चित गायिकाहरुका लागि अमेरिका भ्रमण (युएस टुर २०१७) को आयोजना गरेको हो । यसै कार्यक्रमअन्तर्गत अमेरिकाका ९ वटा राज्यमा ‘उमन इन कन्सर्ट’ गर्न लागिएको हो । कार्यक्रमका लागि चर्चित गायिका अभय सुब्बाको ब्याण्ड ‘अभया एण्ड द स्टिम इन्जुन्स’का ५ जना, आस्था राउत र मलिना जोशी गरी सात जनाको समूह नेपालबाट सहभागी भइसकेको छ ।
‘यो कार्यक्रमले नया आउने कलाकारहरुलाई हौसला दिंदै उनीहरुको सहभागिता बढाउने छ,’ थ्रीइ इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर सुरेश सापकोटाले भने, ‘यति मात्र होइन विभिन्न क्षेत्रमा रहेर समाजमा राम्रो योगदान गर्ने महिलालाई सम्मान गर्दै ‘उमन अफ दि इयर अमेरिका’ नामक पुरस्कार पनि प्रदान गरिनेछ ।’
उनले नेपालीहरुको बाक्लो उपस्थिति रहेको अमेरिकाका विभिन्न शहरमा कन्सर्ट हुने बताउदैं डलासमा
शुक्रबार राती मात्रै अमेरिका आइपुगेकी गायिका अभया सुब्बाले संगीत क्षेत्रमा लागेका महिलालाई बाहिर निस्केर केही गर्नका लागि ‘उमन इन कन्सर्ट’ले प्लाटफर्म दिइरहेको बताइन् । ‘कन्सर्टमा हामीहरुको मात्र सहभागिता हुने छैन । जुन–जुन राज्यमा कार्यक्रम गर्छौं, त्यहााका स्थानीय नयाा कलाकारहरुलाई हौसला दिएर सहभागी गराउनेछौं,’ उनले भनिन्, ‘इन्करेजिङ, इन्गेजिङ, इम्पावरिङ उमन थ्रु म्युजिक’ भन्ने नारा बोकेर महिलालाई सशक्त बनाउने उद्देश्यले हिाडेका छौं । महिलाहरुले गाउने मात्रै काम गरेर हुादैन म्युजिसियन, कम्पोजर सबै बन्न प्रोत्साहन गर्दै त्यो सबै गर्नका लागि ठाउा दिइरहेका छौं ।’
अमेरिकाका सेन्ट लुइस, बोस्टन, एटलान्टा, न्यूयोर्क, वासिङ्टन डिसी बाल्टिमोर, डालस र ओक्लोहामा सिटीमा यो कार्यक्रम आयोजना हुदैछ । (श्रोत : Vishwanews )