भिषा प्रक्रियामा ढिलाई र अनिश्चितता अपेक्षा गर्नुहोस: अधिबक्ता खगेन्द्र जिसी
June 11, 2017 | 7:20 pm    
खगेन्द्र जिसी अमेरिकामा लामो समय देखि अध्यागमन सम्बन्धि वकिल हुनुहुन्छ। अध्यागमन कानुन रास्ट्रपति वा नयाँ प्रमुखको नियुक्ति संगै फरक हुन सक्छ। कानुन परिवर्तन नगरे पनि बिध्यमान कानुन लागु गराउने क्रममा पनि व्यक्तिको भूमिका ठुलो हुन्छ। अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रंप बिजयी भए पछि अध्यागमन कानुन अलि खरो रुपमा लागु गर्ने प्रयास गर्नुको साथै कतिपय नयाँ कुराहरु पनि आउन सक्ने हुनसक्छ। सोहि क्रममा नयाँ भिसाका आवेदकहरुको लागि आउन सक्ने नयाँ झन्झट र गर्नु पर्ने तयारी बारे अधिबक्ता जिसीले फेसबुक मार्फत एक संदेश जारी गर्नु भएको छ। यो सम्बद्ध सबैको लागि उपयोगी हुनसक्छ। संदेश जस्ताको तस्तै :
ट्रंपको भिषा आबेदकको प्रस्नावाली: ढिलाई र अनिश्चितता अपेक्षा गर्नुहोस
ट्रंप प्रशाशनले आवेदकहरुको सामाजिक संजालको सूचना, अत्यन्त गहिरो जांचबुझका प्रस्नहरुले पहिले भन्दा भिसा पाउन ढिला हुने मात्र होइन निबेदन अस्वीकृत हुने सम्भावना रहने हुनाले आवेदकहरुले आफुलाई सो अनुसार बढी तयारी गर्नु पर्ने हुनसक्छ।
ट्रंपद्वारा जारी “यात्रा प्रतिबन्ध” अहिले ‘मुल्तवी”मा रहे पनि ट्रंप प्रशाशन अतिरिक्त जांचका पद्दतिहरु प्रयोग गर्न पाउने मे २३ को स्वीकृति पश्चात आवेदकहरुले आफ्नो यात्रा, कामको इतिहास र अनलाइनको उपस्थितिबारे बिस्तृत जानकारी दिनु पर्ने फर्म भर्न पर्नेछ। उक्त फर्ममा बिगत १५ बर्षदेखि तपाईंले यात्रा गरेको देश, ठाउँ, यात्रामा भएको खर्चको श्रोत, बसेको ठाउँहरु, बिगत ५ बर्षदेखि सामाजिक संजाल र अन्य कुरामा प्रयोग गरेका प्रयोगकर्ताको परिचय जस्ता सूचना उपलब्ध गराउनु पर्नेछ ।
त्यसो त यो फर्म सबैले भर्नु पर्दैन। सरकारको अनुमानमा करिव ६५००० व्यक्तिहरु यसले असर पर्न सक्छ। तर राज्य बिभागको मे ४ को सूचना अनुसार यो प्रस्न कसलाई सोध्ने र कसलाई नसोध्ने भन्नेमा स्पस्ट छैन। यो आतंककारीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने उद्देस्यले भएकोले भिसा उपलब्ध गराउने अधिकारीले नै त्यो तय गर्नेछन्।
“अहिले सम्म हामीले त्यो फर्म भर्नु परेको व्यक्ति भेटेका छैनौं जुन फर्मको म्याद नोभेम्बर २०१७ मा सकिन्छ तर हाम्रो अनुमान के छ भने गहिरो छानबिन प्रक्रियाले भिसा प्रक्रिया ढिला हुने वा अस्वीकृत हुने सम्भावना अत्यधिक छ।
मलाई लाग्छ, अदालतले यात्रा प्रतिबन्धमा रोक लगाए पछि ट्रंप प्रशासन अर्को बाटोबाट आफ्नो काम पुरा गर्न लागेको देखिन्छ। भिसा दिने अधिकारीले अतिरिक्त प्रश्नहरु सोध्न शुरु गरेको अबस्थामा के गर्नु पर्छ त ?
सामान्यतया भन्न गाह्रो छ कि अन्तरबार्तामा कस्तो प्रश्न सोधिन्छ। त्यसैले कसरी तयारी गर्ने भन्ने कुरा पनि सजिलो बिषय होइन। आवेदकलाइ लिखित वा मौखिक रुपमा आबस्यकता वा परिस्थिति अनुसार अतिरिक्त प्रश्न भिषा दिने अधिकारीले सोध्न सक्छन। अर्को कुरा अन्तरबार्ताको लागि झ्यालमा नपुगुन्जेल यो कुरा थाहा हुँदैन कि त्यो झन्झटिलो फर्म भर्नु पर्छ वा पर्दैन। अन्तरबार्तामा जानु भन्दा अघि तयारी केकस्तो गर्नु पर्छ भन्ने बारेमा फर्ममा उल्लेख गरिएको छैन तर हामीले आवेदकहरुलाई सजग गराउन चाहन्छौं कि आफ्नो सूचनाहरु दिन तयार रहनुहोस। तर अन्तरबार्ताको क्रममा त्यस्तो फर्म भर्नु पर्ने भएमा अर्को अन्तरबार्ता हुनु अघि भरेर ल्याउन सकिने भएकोले पहिलो चोटी नै सबै ठिक ठाक पार्नु पर्छ भन्ने छैन । यो सबै सुचनाहरु अन्तरबार्तामा भन्न जरुरी पनि छैन, पछि अन्य माध्यमबाट पठाउन पनि सकिन्छ ।
घनिभूत छानबिन र अनलाइन चिन्ता
यो फर्ममा आग्रह गरिएको सूचनाहरु एकदम घनिभूत र छक्काउने खालका छन् किन भने बिगत १५ बर्षको सबै कुरा सम्झिन सजिलो छैन। पुराना पासपोर्टहरुको नम्बर, घुमेको ठाउँ र बसेको ठाउँहरु, अनलाइनका १५ बर्ष अघि देखिका सम्पूर्ण गतिबिधिहरु आवेदकले बुझाउन गाह्रो छ। सामाजिक संजालमा सूचना खोजेर भिसाको निर्क्यौल गर्ने भनाइले सामाजिक संजालमा सतर्क रहनु पर्ने अवस्था समेत सिर्जना गरिदिएको छ। ट्रंपको बिरुद्ध वा उनका नीतिको बिरुद्ध केहि लेखेको वा बोलेको भरमा भिसा वा ग्रीन कार्डको निबेदकको बिरुद्ध प्रयोग हुन्छ या हुन्न भन्ने कुरा जान्न झन् गाह्रो छ।मलाई लाग्छ अब आवेदकहरु आफ्ना अभिव्यक्ति प्रति बढी सचेत हुनेछन र हुनुपर्नेछ।
ढिला हुने आंकलन गर्नुस तर सहयोगको अपेक्षा नगर्नुस
यो फर्म प्रयोगमा आइसकेको अबस्थामा सबै आवेदकहरुलाई भर्न दिइए पनि वा नदिइए पनि भिषाको समग्र प्रक्रियामा ढिलाई हुने र कतिपय अबस्थामा निबेदन अस्वीकृत समेत हुने अपेक्षित छ । मलाई लाग्छ यो ढिलाई लक्षित जनसंख्यामा मात्र सिमित हुने छैन। किनभने उही साधन र श्रोतमा भिषा प्रक्रिया अगाडी बढाउनु पर्ने भएकोले अधिकारीहरुलाई अतिरिक्त समय लाग्न सक्छ। यसले भिसा अस्वीकृतिमा पनि बढोत्तरी हुनेछ। भिषा अस्वीकृतिमा बढोत्तरीले मलाई लाग्छ अस्थायी रुपमा भद्रगोल सिर्जना हुनेछ।
यस्तो लाग्छ राज्य बिभागले प्रस्नावालिको सहयोगको लागि आबस्यक निर्देसक फर्म तयार गर्ने योजनामा छैन। लगभग सबै जसो फर्म हरुमा फर्म भर्ने गाइड पनि उपलब्ध गराइएको हुन्छ। यस्तो अबस्थामा भिषा प्रक्रियाको चिन्ता र जटिलता बीच पनि आवेदकहरुले अन्य सहयोगी एजेन्सीहरुसंग सहयोग लिन अप्ठेरो हुनेछ ।
साभार:लेखनाथ गौतम (अधिबक्ता खगेन्द्र जिसीको फेसबुक पेजबाट)