संगीतकर्मी कल्याणकारी कोषमा प्राज्ञ एबं संगीतकार ज्योती प्रकाशका तर्फबाट ५ हजार रुपैया सहयोग
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्राज्ञ एबं संगीतकार ज्योती प्रकाश बिकले ५ हजार रुपैया सहयोग गर्नु भएको छ ।
प्राज्ञ बिकले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उहाँले नगद संगै आफैले बनाएको झण्डै २५ हजार मूल्य बरावरको चित्र संगीतकार संघलाई उपहार दिनु भएको छ । ज्योती प्रकाश ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ । प्रसिद्ध चिकार बिकले आफनो एकल स्वर र संगीतमा रहेको जून र ज्योती नामक गीति एल्बम केहि दिनमै सार्बजनिक गर्ने तयारी पनि गर्नु भएको छ ।
प्राज्ञ बिकले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।