संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका संगीतकार कृष रिजालको तर्फबाट १० हजार रुपैया सहयोग

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा संगीतकार कृष रिजालले १० हजार रुपैया सहयोग गर्नु भएको छ ।
हाल अमेरिका बस्दै आउनु भएका संगीतकार रिजालले संघका महासचिव महेश खडका मार्फत रकम कोषमा पठाउनु भएको हो । सहयोग रकम आजै कोषलाई हस्तान्तरण गरिएको छ ।17392976_10212705037730845_1638082028_n संगीतकार रिजालले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । 15825776_1361113283921688_4561480350535291055_nउहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907